images

२०८३ आश्विन २२ गते

images
images
images

मंसिरमा घरजग्गा कारोबारबाट उठ्यो ३ अर्ब ८७ करोड, ४ हजार ६९४ नामसारी

मंसिरमा घरजग्गा कारोबारबाट उठ्यो ३ अर्ब ८७ करोड, ४ हजार ६९४ नामसारी

images
images
मंगलवार, पौष २ २०८१
मंगलवार, पौष २ २०८१
  • काठमाडौं । मंसिर महिनामा घरजग्गाको १ लाख २८ हजार ३ सय ८२ कारोबार भएको छ। 

    images
    images

    १३२ मालपोत कार्यालयबाट ४३ हजार ३७९ लिखत पारित, ४ हजार ६९४ नामसारी, ९ हजार ९२ संशोधन, ३ हजार १४७ हालसाबिक, ३५ हजार १४६ रोक्का, २७ हजार ४९५ फुकुवा, ६३ वटा अपार्टमेन्टको लिखत पारित, १३६ जग्गा दर्ता, १ हजार ५६७ वटा दाखिल खारेज भएको हो। 

    त्यसैगरी ७५ वटा मोहियानी हक नामसारी, ३६९ वटा मोही लगत कट्टा, ९५ वटा जग्गा बाँडफाँट, २ हजार ५४२ वटा प्रतिलिपि प्रक्रिया, १२८ वटा गुठी अधीनस्थ जग्गाको लिखत पारित, ४० वटा गुठी अधीनस्थ जग्गाको नामसारी, ७ वटा गुठी अधीनस्थ जग्गाको दाखिल खारेज, ३७७ वटा गैरघर तथा जग्गासम्बन्धी लिखत पारित र १९ वटा आयोजना फिर्ताको लिखत कारोबार भएको हो। 

    images
    images

    त्यस्तै मासिक राजस्व संकलनतर्फ मंसिरभर कुल ३ अर्ब ८७ करोड ४८ लाख २६ हजार ९ सय ७६ रुपैयाँ संकलन भएको भूमि व्यवस्थापन तथा अभिलेख विभागले जनाएको छ। विभागका अनुसार यसमा सेवा कर, रजिस्ट्रेसन दस्तुर, अतिरिक्त शुल्क, डोर सुविधा शुल्क, पुँजीगत लाभ कर, विलम्ब शुल्क, मुख्यमन्त्री स्वच्छता कोष शुल्क लगायत समावेश छन्। 

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend