images

२०८३ आश्विन २२ गते

images
images
images

एडीबीको ३४ अर्ब ४७ करोड रुपैयाँ ऋण स्वीकृत, यी हुन् मन्त्रिपरिषद्का २० निर्णय

एडीबीको ३४ अर्ब ४७ करोड रुपैयाँ ऋण स्वीकृत, यी हुन् मन्त्रिपरिषद्का २० निर्णय

images
images
सोमवार, पौष १ २०८१
सोमवार, पौष १ २०८१
  • काठमाडौं । सरकारले मन्त्रिपरिषद्को बैठकका निर्णयहरु सार्वजिनक गरेको छ । 
    प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मंसिर २७ र २८ गते बसेको मन्त्रिपरिषद्को बैठकको निर्णहरु सोमबार प्रवक्ता पृथ्वी सुब्बा​​​ गुरुङले एकमुष्ठमा सार्वजनिक गरेका हुन् । 

    images
    images

    २७ गतेको बैठकका निर्णयहरु
    १.महान्यायाधिवक्ताको कार्यालयको रणनीतिक योजना कार्यक्रमको लागि आ.व. २०८१/८२ मा सूचना प्रविधि अधिकृत एक अस्थायी दरबन्दी स्वीकृत गर्ने।

    २.मिति २०८१ पुस २ र ३ गते थाइल्याण्डको बैंककमा आयोजना हुने एसिया र प्रशान्त क्षेत्रमा विकासका लागि वित्तीय सहयोगसम्बन्धी उच्चस्तरीय परामर्श बैठकमा सहभागिताको लागि उपप्रधानमन्त्री एवं अर्थमन्त्री माननीय विष्णुप्रसाद पौडेल नेतृत्वको प्रतिनिधिमण्डलको भ्रमण स्वीकृत गर्ने।

    images
    images

    ३.काठमाडौँ उपत्यका खानेपानी आपूर्ति सुधार आयोजना (दोस्रो) को लागि एसियाली विकास बैंकबाट प्राप्त हुने १७० मिलियन अमेरिकी डलर सहुलियतपूर्ण ऋण (करिब १४ अर्ब ४३ करोड रुपैयाँ) र १५ मिलियन अमेरिकी डलर अनुदान एवं समृद्ध र लचिलो एशिया र प्रशान्तको लागि जापान कोषबाट प्राप्त हुने ३ मिलियन अमेरिकी डलर अनुदान सहायता स्वीकार गर्ने।

    ४. अर्थ मन्त्रालय सिँचाइ आधुनिकीकरण अभिवृद्धि आयोजना कार्यान्वयनका लागि एसियाली विकास बैंकबाट नेपाल सरकारलाई प्राप्त हुने ८५ मिलियन अमेरिकी डलर (करिब रू.११ अर्ब ५५ करोड ) सहुलियतपूर्ण ऋण सहायता स्वीकार गर्ने।

    ५.सत्य निरुपण तथा मेलमिलाप आयोगका सचिव श्री आलोकचन्द्र श्रेष्ठलाई नेपाल कानून आयोगको सचिव पदमा र नेपाल कानून आयोगका सचिव श्री पाराश्चर ढुङ्गानालाई सत्य निरुपण तथा मेलमिलाप आयोगको सचिव पदमा सरुवा गर्ने।

    ६.नेपाल न्याय सेवा, न्याय समूहका सात जना राजपत्राङ्कित प्रथम श्रेणीका अधिकृतहरुलाई सरुवा गर्ने।

    यस्तो छन् २८ गतेको बैठकका निर्णयहरु 
    १.एसियाली विकास बैंकबाट हरित, उत्थानशील र समावेशी विकास कार्यक्रमका लागि १०० मिलियन अमेरिकी डलर (करिब ८ अर्ब ४९ करोड रुपैयाँ) ऋण सहायता स्वीकार गर्ने।

    २.नेपाल सरकारको नाममा दर्ता रहेको सर्लाही जिल्ला साविक लक्ष्मीपुर गा. वि. स. को ०–५–२–८ विघा सरकारी प्रकृतिको जग्गा स्वास्थ्य केन्द्रको भवन निर्माणको लागि हरिपुर नगरपालिका, सर्लाहीलाई उपयोग गर्न स्वीकृति दिने।

    ३.निर्माणाधीन नागढुङ्गा सुरुङ मार्ग आयोजनाअन्तर्गत क्षतिपुर्ति तथा समस्या समाधानको लागि सैद्धान्तिक सहमति दिने।

    ४.अन्तर्राष्ट्रियस्तरको फुटवल, कराँते र विच भलिबल प्रतियोगितामा विजयी तथा पदक प्राप्त खेलाडी, प्रशिक्षक, व्यवस्थापक र फिजियो गरी जम्मा ३५ जनालाई पुरस्कार तथा सम्मान गर्नका लागि स्वीकृति दिने ।

    ५.श्री देवराज ढुङ्गाना, मोरङलाई सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशक पदमा नियुक्त गर्ने।

    ६.शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको सञ्चालक समितिको सदस्यमा डा. राजेन्द्र प्रसाद बराल, कास्की र श्री दीपक राज सापकोटा, भोजपुरलाई मनोनयन गर्ने।

    ७. संयुक्त राष्ट्र सङ्घीय सन्धिजनित निकायहरूमा पेश गरिने प्रतिवेदनहरूको अभिन्न अङ्गको रूपमा रहने आधारभूत साझा दस्तावे स्वीकृत गर्ने ।

    ८.आर्थिक, सामाजिक तथा साँस्कृतिक अधिकारसम्बन्धी अभिसन्धिको समितिसमक्ष नेपालले पेश गर्नुपर्ने चौथो आबधिक प्रतिवेदन स्वीकृत गर्ने।

    ९. नेपाल सरकार र गणतन्त्र भारत सरकारबिच हस्ताक्षर हुने वाश, वाटर, स्यानिटरी एण्ड हाइजाइन क्षेत्रको विकाससम्बन्धी समझदारीपत्र स्वीकृत गर्ने।

    १०.बिद्युतीय सुशासन आयोग (गठन तथा सञ्चालन) (पहिलो संशोधन) आदेश, २०८१ स्वीकृत गर्ने।

    ११. सार्वजनिक निकायमा स्वदेशी वस्तुको प्रयोगसम्बन्धी निर्देशिका, २०८१ स्वीकृत गर्ने।

    १२. लघु, घरेलु तथा साना उद्योग प्रवर्धन नीति, २०८१ स्वीकृत गर्ने।

    १३. औद्योगिक तथा लगानी प्रवर्धन कोष सञ्चालन कार्यविधि, २०८१ स्वीकृत गर्ने।

    १४. राष्ट्रिय शहरी नीति, २०८१ स्वीकृत गर्ने।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend