images

२०८३ आश्विन १८ गते

images
images
images
  • शेयर
  • एनएलजी इन्स्योरेन्सको हकप्रद शेयरमा आवेदन दिन...

एनएलजी इन्स्योरेन्सको हकप्रद शेयरमा आवेदन दिन म्याद थप

एनएलजी इन्स्योरेन्सको हकप्रद शेयरमा आवेदन दिन म्याद थप

images
images
सोमवार, पौष १ २०८१
सोमवार, पौष १ २०८१
  • काठमाडौं- एनएलजी इन्स्योरेन्स कम्पनीको हकप्रद शेयरमा आवेदन दिन म्याद थप गरिएको छ।

    images
    images

    कम्पनीले गत मंसिर ११ गतेदेखि आफ्ना शेयरधनीहरुका लागि हकप्रद शेयर बिक्री खुला गरेको थियो। हकप्रद शेयरमा पुस १ गतेसम्म आवेदन दिन सकिने व्यवस्था गरिएको थियो। तर, हकप्रद शेयर पूर्ण रुपमा बिक्री नभएपछि आवेदन दिने म्याद पुस १६ गते बैंकिङ समयसम्मका लागि थप गरिएको हो।

    कम्पनीले हाल कायम चुक्तापुँजीको ६२.५६ प्रतिशतले हुन आउने ९६ करोड ३१ लाख २२ हजार २२ रुपैयाँबराबरको हकप्रद शेयर बिक्री खुला गरेको छ। जसअनुसार कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल ९६ लाख ३१ हजार २२०.२२ कित्ता हकप्रद शेयर जारी गरेको छ।

    images
    images

    कम्पनीले हकप्रद शेयर निष्कासनका लागि कात्तिक २७ गते बुक क्लोज गरेको थियो । यसको अर्थ कात्तिक २६ गतेसम्म कायम शेयरधनीले कम्पनीको हकप्रद शेयर भर्न पाउनेछन्।

    कम्पनीको हकप्रद शेयर बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटल रहेको छ।शेयरधनीहरुले लक्ष्मी सनराइज क्यापिटलको कार्यालय र लक्ष्मी सनराइज बैंकका काठमाडौं उपत्यकाबाहिरका तोकिएका शाखा कार्यालयका साथै नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सी–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र मेरो शेयरबाट आवेदन दिन सक्नेछन्।हकप्रद शेयर जारी गर्न इक्रा नेपालले कम्पनीलाई इक्राएनपी इस्युअर रेटिङ ए माइनस प्रदान गरेको छ। यसले समयमा वित्तीय दायित्व बहन गर्ने क्षमता पर्याप्त रहेको संकेत गर्छ।

    कम्पनीको हालको चुक्तापुँजी १ अर्ब ५३ करोड ९५ लाख ३५ हजार ९५८.९७ रुपैयाँ रहेको छ। हकप्रद बिक्रीपछि कम्पनीको चुक्तापुँजी २ अर्ब ५० करोड २६ लाख ५७ हजार ९८०.९७ रुपैयाँ कायम हुनेछ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend