images

२०८३ आश्विन २२ गते

images
images
images
  • अर्थतन्त्र
  • घट्यो वैदेशिक सहायता प्रतिबद्धता,पहिलो तीन महिनामा...

घट्यो वैदेशिक सहायता प्रतिबद्धता,पहिलो तीन महिनामा ३७ अर्ब १८ करोड प्राप्त

घट्यो वैदेशिक सहायता प्रतिबद्धता,पहिलो तीन महिनामा ३७ अर्ब १८ करोड प्राप्त

images
images
आइतवार, मंसिर ३० २०८१
आइतवार, मंसिर ३० २०८१
  • काठमाडौं । नेपालले प्राप्त गर्दै आएको वैदेशिक सहायता प्रतिबद्धता घटेको छ । चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो तीन महिनामा नेपालले ३७ अर्ब १८ करोड रुपैयाँको वैदेशिक सहायता प्रतिबद्धता प्राप्त गरेको छ ।

    images
    images

    अर्थ मन्त्रालयका अनुसार, गएको साउन, भदौ र असोजमा नेपालले उक्त सहायता प्रतिबद्धता पाएको हो । प्राप्त कुल सहायता प्रतिबद्धतामध्ये अनुदानको अंश ६३.९ र ऋणको अंश ३६.१ प्रतिशत छ ।

    गत आर्थिक वर्ष २०८०/८१ को सोही अवधिमा नेपालले प्राप्त गरेको यस्तो प्रतिबद्धता ४० अर्ब ६८ करोड रुपैयाँ थियो ।

    images
    images

    कुल सहायता प्रतिबद्धतामध्ये ३८.४ प्रतिशत वातावरण र जलवायु क्षेत्रमा प्राप्त भएको छ । यातायात क्षेत्रमा ३६.१, सामाजिकमा २०.५ र ४.९ प्रतिशत अरू क्षेत्रमा प्राप्त भएको छ ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend