images

२०८३ आश्विन १९ गते

images
images
images
  • शिक्षा
  • सुष्मा कोइराला मेमोरियल नर्सिङमा क्याम्पस तथा...

सुष्मा कोइराला मेमोरियल नर्सिङमा क्याम्पस तथा छात्रावास भवन हस्तान्तरण

सुष्मा कोइराला मेमोरियल नर्सिङमा क्याम्पस तथा छात्रावास भवन हस्तान्तरण

images
images
शुक्रवार, मंसिर २८ २०८१
शुक्रवार, मंसिर २८ २०८१
  • काठमाडौं। भारत सरकारको आर्थिक सहयोगमा निर्माण भएको काठमाडौंस्थित सुष्मा कोइराला मेमोरियल नर्सिङ क्याम्पसको क्याम्पस तथा छात्रावास भवन औपचारिक रूपमा हस्तान्तरण गरिएको छ ।

    images
    images

    नेरु. २.९२४ करोडको लागतमा सम्पन्न भएको यो परियोजना ‘नेपाल–भारत विकास सहकार्य’ अन्तर्गत उच्च प्रभाव सामुदायिक विकास परियोजनाको रूपमा अघि बढाइएको थियो ।

    क्याम्पस भवनको हस्तान्तरण समारोहमा जिल्ला समन्वय समिति, काठमाडौंका प्रमुख सन्तोष बुढाथोकी र भारतीय राजदूतावास, काठमाडौंका प्रथम सचिव अविनाश कुमार सिंहले क्याम्पस व्यवस्थापन समितिलाई संयुक्त रूपमा हस्तान्तरण गरे ।

    images
    images

    कार्यक्रममा राजनीतिक दलका प्रतिनिधि, सरकारी अधिकारी तथा समाजसेवीहरूको पनि उपस्थिति थियो ।

    निर्माण र योगदान, भारत सरकारको अनुदान सहयोगमा दुई तले छात्रावास भवन, अन्य सहायक संरचना, र दुई तले कक्षा कोठा भवन निर्माण गरिएको हो ।
    परियोजनाको कार्यान्वयन जिल्ला समन्वय समिति, काठमाडौंको मार्फत गरिएको थियो । सुष्मा कोइराला मेमोरियल नर्सिङ क्याम्पसका अध्यक्षले भारत सरकारले नेपाली जनताको उत्थानका लागि पुर्याउँदै आएको योगदानको प्रशंसा गरे ।

    नवनिर्मित संरचनाले नर्सिङ क्याम्पसका विद्यार्थीहरूलाई व्यावसायिक शिक्षा र दक्षता विकास गर्न मद्दत पुर्याउनेछ । यसले विद्यार्थीहरूका लागि सिकाइको उत्कृष्ट वातावरण सिर्जना गर्दै क्षेत्रीय शैक्षिक विकासमा महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ ।

    क्याम्पसको पृष्ठभूमि सन् २००० मा स्थापना भएको सुष्मा कोइराला मेमोरियल नर्सिङ क्याम्पसले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् ९ऋत्भ्ख्त्० बाट सम्बन्धन प्राप्त गरेको छ । क्याम्पसले तीन वर्षे प्रोफिसियन्सी सर्टिफिकेट लेभल कोर्स (एऋी) सञ्चालन गर्दै हरेक वर्ष १२० प्रशिक्षित नर्स उत्पादन गरिरहेको छ ।

    नेपाल–भारत सहकार्यको प्रतिबिम्ब नेपाल र भारतबीचको सम्बन्धलाई थप प्रगाढ बनाउने लक्ष्यका साथ, भारत सरकारले नेपाली जनताको प्राथमिकतामा आधारित पूर्वाधार परियोजनाहरूमा सहयोग पुर्याउँदै आएको छ । यी परियोजनाहरूले नेपालको समग्र विकास र जनताको समृद्धिका लागि थप सहयोग पुग्ने विश्वास व्यक्त गरिएको छ ।

    कार्यक्रमका सहभागीहरूले यस परियोजनाले शिक्षा र प्राविधिक क्षेत्रमा सकारात्मक प्रभाव पार्नेमा आशा व्यक्त गर्दै भारत–नेपाल विकास सहकार्यको प्रशंसा गरे ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend