images

२०८३ आश्विन १९ गते

images
images
images

बीमा प्राधिकरणका अध्यक्ष दाहालले सम्हाले कार्यभार

बीमा प्राधिकरणका अध्यक्ष दाहालले सम्हाले कार्यभार

images
images
शुक्रवार, मंसिर २८ २०८१
शुक्रवार, मंसिर २८ २०८१
  • काठमाडौं ।  नेपाल बीमा प्राधिकरणको निमित्त अध्यक्षको जिम्मेवारी पाएका अर्थ मन्त्रालयका सहसचिव मदन दाहालले कार्यभार सम्हालेका छन् ।

    images
    images

    शुक्रवार प्राधिकरणमा उपस्थित भएर सहसचिव दाहालले निमित्त अध्यक्षको कार्यभार सम्हालेका हुन् । अर्थ मन्त्रालयले नीतिगत निर्णय गर्दै मन्त्रालयका सहसचिव मदन दाहाललाई अध्यक्षका रूपमा कामकाजको जिम्मेवारीमा तोक्ने निर्णय गरेको थियो ।

    बीमा ऐन २०७९ को दफा (६) बमोजिम सञ्चालक समितिको दोस्रो वरियतामा रहेका दाहाललाई बीमा प्राधिकरणको अध्यक्षका रूपमा कामकाज गर्ने गरी तोकिएको हो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बीमा प्राधिकरणका अध्यक्ष सूर्य सिलवालविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेपछि उनी स्वतह निलम्बित भएका थिए ।

    images
    images

    सो पश्चात् प्राधिकरणको रिक्त पदका लागि अर्थ मन्त्रालयबाट प्रतिनिधित्व गर्ने कामु अध्यक्ष पठाएका हुन्। यसअघि दाहाल नेपाल बीमा प्राधिकरणको संचालक समेत भएर काम गरिसकेका छन् ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend