images

२०८३ आश्विन २० गते

images
images
images

तेलुगु फिल्म सुपरस्टार तथा पुष्पा २ का अभिनेता अल्लु अर्जुन पक्राउ

तेलुगु फिल्म सुपरस्टार तथा पुष्पा २ का अभिनेता अल्लु अर्जुन पक्राउ

images
images
शुक्रवार, मंसिर २८ २०८१
शुक्रवार, मंसिर २८ २०८१
  • काठमाडौं ।  तेलुगु फिल्म सुपरस्टार तथा पुष्पा २ का अभिनेता अल्लु अर्जुनलाई हैदरावाद प्रहरीले नियन्त्रणमा लिएकाे छ । उनीसहित केही ब्यक्तिहरु बिरुद्ध गत डिसेम्बर ४ मा फिल्म पुष्प २ को प्रिमियरमा भागदौडपछिकाे घटनामा आरोपी मानिएकाे छ ।

    images
    images

    प्रिमियरमा भएकाे भागदौडमा ३९ वर्षीया महिलाको मृत्यु भएको छ भने छोराको अवस्था गम्भीर छ ।

    प्रहरीले प्रिमियर भएकाे सन्ध्या थिएटर व्यवस्थापन, कलाकार र उनको सुरक्षा टोलीविरुद्ध मुद्दा दायर गरेको थियो ।

    images
    images

    अर्जुनलाई चिक्कडपल्ली प्रहरी थानाको टोलीले शुक्रबार हिरासतमा लिएको हाे । उनी बिरुद्ध यही थानामा मुद्दा दर्ता गरिएको छ ।अभिनेता अर्जुनलाई मजिस्ट्रेट समक्ष पेश गरिनेछ।

    हैदरावाद पुलिस कमिश्नरको टास्क फोर्स र चिक्कडपल्ली पुलिस स्टेशनका अधिकारीहरू शुक्रबार अर्जुनको घरमा पुगेर उनलाई हिरासतमा लिएका थिए। अभिनेताले एफआईआरबाट आफ्नो नाम हटाउन तेलंगाना उच्च अदालतमा निवेदन दिएका छन् । तर अहिलेसम्म सुनुवाइको मिति ताेकिएकाे छैन् ।

    सन्ध्या थिएटरका सञ्चालक र दुई कर्मचारी यसअघि नै पक्राउ परेका छन् ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend