images

२०८३ आश्विन १७ गते

images
images
images
  • बैंक वित्त
  • बढ्दो गैरबैंकिङ सम्पत्तिले थलिँदै बैंक, के...

बढ्दो गैरबैंकिङ सम्पत्तिले थलिँदै बैंक, के हो गैरबैंकिङ सम्पत्ति ?

बढ्दो गैरबैंकिङ सम्पत्तिले थलिँदै बैंक, के हो गैरबैंकिङ सम्पत्ति ?

images
images
बिहिवार, मंसिर २७ २०८१
बिहिवार, मंसिर २७ २०८१
  • काठमाडौं । वाणिज्य बैंकहरुको गैरबैंकिङ सम्पत्ति बढेको ।

    images
    images

    कात्तिक मसान्तसम्म बैंकहरुको गैरबैंकिङ सम्पत्ति गत असार मसान्तको तुलनामा १ अर्ब २० करोड रुपैयाँले बढेको हो ।

    राष्ट्र बैंकले हालै प्रकाशित गरेको चालु आर्थिक वर्षको कात्तिकसम्मको तथ्यांक अनुसा गत असार मसान्तसम्म २० वटा वाणिज्य बैंकसँग ३० अर्ब १७ करोड रुपैयाँ बराबरको गैरबैंकिङ सम्पत्ति थियो । कात्तिक मसान्तसम्म आइपुग्दा यस्तो सम्पत्ति बढेर ३१ अर्ब ३८ करोड रुपैयाँमा हो ।

    images
    images

    बैंकहरुको निष्क्रिय कर्जा बढेपछि त्यसको असर गैरबैंकिङ सम्पत्तिमा देखिएको हो । 


    कुन बैंकको गैरबैंकिङ सम्पत्ति कति ?

    नेपाल राष्ट्र बैंकको तथ्याङ्क अनुसार कात्तिक मसान्तमा ग्लोबल आईएमई बैंकको गैरबैंकिङ सम्पत्ति ५ अर्ब ११ करोड रुपैयाँ बराबर रहँदा एनआईसी एशिया बैंकको ४ अर्ब २८ करोड र नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको ३ अर्ब १ करोड रुपैयाँ बराबरको गैरबैंकिङ सम्पत्ति रहेको छ । 

    त्यस्तै, हिमालयन बैंकको २ अर्ब ७६ करोड, कुमारी बैंकको २ अर्ब ६१ करोड, नबिल बैंकको २ अर्ब ५९ करोड गैरबैंकिङ सम्पत्ति देखिएको छ । त्यस्तै, प्राइम कमर्शियल बैंकको १ अर्ब ७५ करोड, लक्ष्मी बैंकको १ अर्ब ६१ करोड, माछापुच्छ्रे बैंकको १ अर्ब १२ करोड तथा प्रभु बैंकको १ अर्ब ५ करोड रुपैयाँ बराबरको यस्तो सम्पत्ति रहेको राष्ट्र बैंकले जनाएको छ । 

    त्यस्तै, कृषि विकास बैंकको ९५ करोड, एनएमबि बैंकको ९२ करोड, सिटिजन बैंकको ८१ करोड, प्रभु बैंकको ७९ करोड, सिद्धार्थ बैंकको ७० करोड, सानिमा बैंकको ६७ करोड बराबरको गैरबैंकिङ सम्पत्ति रहेको राष्ट्र बैंकले जनाएको छ ।  

    त्यस्तै, एभरेस्ट बैंकको ५१ करोड, नेपाल एसबीआई बैंकको ३५ करोड, राष्ट्रिय वाणिज्य बैंकको २९ करोड, नेपाल बैंकको २० करोड गैरबैंकिङ सम्पत्ति रहँदा स्ट्यान्डर्ड चार्टर्ड बैंकको भने कुनै पनि यस्तो सम्पत्ति नरहेको राष्ट्र बैंकको तथ्याङ्कमा उल्लेख गरिएको छ । 

    के हो गैरबैंकिङ सम्पत्ति ?

    बैंक तथा वित्तीय संस्थाले प्रवाह गरेको ऋण नउठेपछि धितो लिलामी गर्छन् । त्यसरी लिलामी गर्दा तोकिएको न्यूनतम मूल्यमा त्यस्तो सम्पत्ति तत्कालै बिक्री नभएमा यसलाई बैंक आफैँले सकारेर राख्ने गर्छन् । यसरी सकारेको सम्पत्तिलाई गैरबैंकिङ सम्पत्तिको रूपमा राख्ने गरिन्छ । 

    यस्तो सम्पत्ति बैंकहरुले विभिन्न समयमा बोलपत्र आह्वानद्वारा बिक्री गरेर घटाउन सक्छन् । यसरी बिक्री भएको रकम यसअघि गरिएको प्रोभिजनिङबाट राइटअफ गरिन्छ, जुन प्रत्यक्ष आम्दानीमा जोडिन्छ । तर, गैरबैंकिङ सम्पत्ति बढ्दै जाँदा भने बैंकहरुलाई प्रोभिजनिङका साथै सम्पत्ति व्यवस्थापनको समेत जोखिम हुन्छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend