images

२०८३ आश्विन २० गते

images
images
images

सेभेन सिस सिनेमाले निर्माण गरेका चलचित्र प्रदर्शन नगर्ने संघको चेतावनी

सेभेन सिस सिनेमाले निर्माण गरेका चलचित्र प्रदर्शन नगर्ने संघको चेतावनी

images
images
सोमवार, मंसिर २४ २०८१
सोमवार, मंसिर २४ २०८१
  • काठमाडौं । नेपाल चलचित्र संघले सेभेन सिस सिनेमाले निर्माण गरेका चलचित्र प्रदर्शन नगर्ने चेतावनी दिएको छ । सेभेन सिस सिनेमाले वितरण गरेका चलचित्र पनि प्रदर्शन नगर्ने संघको चेतावनी छ । 

    images
    images

    सेभेन सिस सिनेमाले चलचित्र संघको मानमर्दन गर्ने, वितरकसँग रहेको अधिकारभन्दा बाहिर गएर चलचित्र उतार्छु भन्नेजस्ता गैरकानुनी काम गरेकाले यसबारे संघलाई स्पष्ट नपारे सेभेन सिसले निर्माण र वितरण गरेका चलचित्र प्रदर्शन नगर्ने संघको चेतावनी छ । 

    चलचित्र घरमा प्रदर्शकले चलचित्र वितरक मार्फतमात्र चलचित्र प्रदर्शन गर्न पाउने कानुनले व्यवस्था गरेको भन्दै संघले सचेत गराएको छ । 

    images
    images

    “चलचित्र प्रदर्शकको चलचित्र व्यवसायको सरोकार चलचित्र वितरकसंगमात्र रहन्छ । चलचित्र वितरक चलचित्र प्रदर्शनको आधिकारिक संस्था हो,” संघले विज्ञप्ति जारी गर्दै भनेको छ, “चलचित्र, चलचित्र घरमा प्रदर्शन गर्ने नगर्ने सम्पूर्ण अधिकार चलचित्र वितरकमा निहीत रहन्छ । कानुनतः चलचित्र प्रदर्शकले चलचित्रको व्यवसायिक विषयमा सम्बन्धित चलचित्र वितरकसँगमात्र सरोकार राख्छ ।” 

    चलचित्र निर्माण पक्षको व्यवसायिक प्रतिनिधि चलचित्र वितरक रहेको पनि संघले प्रष्ट पारेको छ । 

    4a00fd15-1466-412e-b475-a6b22608ceef-1733721108.jpg
     

     

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend