काठमाडौं। सिमेन्ट उद्योगीहरुले सिमेन्टको मूल्य फेरि बढाएका छन् ।केही दिनअघि मात्रै प्रतिबोरा १सय रुपैयाँले वृद्धि गरेका उद्योगीहरुले आज (आइतबार)फेरि अधिकतम ५० रुपैयाँसम्मले मूल्य वृद्धि गरेका छन् ।
सिमेन्ट उद्योगीहरुले आइतबार पिपिसी सिमेन्टको मूल्य प्रतिबोरा ५० रुपैयाँ र ओपिसी सिमेन्टको मूल्य प्रतिबोरा ३० रुपैयाँले वृद्धि गरेका छन् ।सिमेन्टको मूल्य १० दिनमै १ सय २५ रुपैयासम्मले वृद्धि हुँदा अब संरचना निर्माणको लागत पनि महँगो हुने भयको छ ।तर ,निर्माण ब्यबसायिहरुले भने सिमेन्टको मूल्य उद्योगीहरुले काटेलिङ गरेर बढाएको आरोप लगायका छन् ।
विगत एक वर्षदेखि उद्योगीहरुले सिमेन्टको भाउ बढाउन खोजे पनि केही सिमेन्ट उद्योग भाउ बढाउन तयार नभएपछि सिमेन्टको भाउ बढाउने प्रयासमा सिमेन्ट उद्योगहरु असफल भयका थिए ।तर ,यसपालि अधिकास ठुला उद्योगहरुको मिलेमतोमा मूल्यवृद्धिसहित सिमेन्टको मूल्य तय भयको ब्यबसायिको भनाई छ ।
यता सिमेन्ट उद्योगीहरुले भने मुल्यमा काटेलिङ गरियको आरोपमा कुनै सत्यता नभएको दाबी गरेका छन् ।उनिहरुले यो निर्माणको सिजन भयको र अत्याधिक माग हुँदा स्वाभाविक रुपमा मूल्य महँगिएयको तर्क गर्दै आएका छन् ।अर्कोतर्फ ब्यबसायिहरुले भने सिजनको बाहनामा उद्योगीले सिमेन्टको मूल्य बढाएको र अझै बढाउने मुड मा उद्योगीहरु भयको पनि दाबी गरेका छन् ।




.gif)





