images

२०८३ आश्विन २० गते

images
images
images

शोमा अन्याय भएपछि ‘पूर्ण बहादुरको सारङ्गी’को प्रदर्शन रोक्ने घोषणा

शोमा अन्याय भएपछि ‘पूर्ण बहादुरको सारङ्गी’को प्रदर्शन रोक्ने घोषणा

images
images
आइतवार, मंसिर २३ २०८१
आइतवार, मंसिर २३ २०८१
  • काठमाडौँ । नेपाली फिल्मको इतिहासमै धेरै रुपैयाँ कमाउन सफल फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’ सोमबारदेखि देशभरका फिल्म हलमा उतारिने भएको छ । फिल्मको व्यवसाय राम्रो हुँदाहुँदै भारतीय फिल्म ‘पुष्पा २’को कारण ‘पूर्ण बहादुरको सारङ्गी’लाई हलहरूले शोमा अन्याय गरेको भन्दै निर्माण संस्था सेभेन सिस सिनेमाले फिल्म हलबाट उतार्ने निर्णय गरेको हो ।

    images
    images

    सेभेन सिस सिनेमा एक प्रेस विज्ञप्ति जारी गर्दै दर्शकहरूबाट प्राप्त माया र समर्थनका लागि आभार व्यक्त गर्दै फिल्मको प्रदर्शन रोक्नु परेकोमा दुःख व्यक्त गरेको छ । 

    ‘पछिल्लो समय केही फिल्म हलहरूले फिल्मलाई नजरअन्दाज गरेको व्यवहारका कारण यो निर्णय गर्न बाध्य भएका हौँ’ । विज्ञप्तिमा भनिएको छ ‘पूर्ण बहादुरको सारङ्गी’लाई कर्नरिङ गरेपछि विद्रोह गर्ने अवस्थामा पुग्न बाध्य भएका हौ ।’ प्रदर्शन रोकिनु परेकोमा गहिरो क्षमायाचना गर्दै सेभेन सिस सिनेमाले भविष्यमा दर्शकको अपेक्षालाई ध्यानमा राख्दै नयाँ फिल्मसहित पुनः हलमा फर्किने वाचा समेत गरेको छ । 

    images
    images

    ‘पूर्ण बहादुरको सारङ्गी’मा विजय बराल, अञ्जना बराइली, मुकुन भुसाल, प्रकाश सपुत, माओत्से गुरुङ, बुद्धि तामाङ, विनोद न्यौपाने लगायतको अभिनय छ । फिल्मले बाबुले छोराको भविष्यका लागि गर्ने संघर्ष र त्यागको कथा उठाएको छ । फिल्मका निर्देशन सरोज पौडेल हुन् ।

    bijipati

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend