images

२०८३ आश्विन २० गते

images
images
images

आठौँ म्याग्दी महोत्सव पुस २८ गतेदेखि सञ्चालन

आठौँ म्याग्दी महोत्सव पुस २८ गतेदेखि सञ्चालन

images
images
आइतवार, मंसिर २३ २०८१
आइतवार, मंसिर २३ २०८१
  • म्याग्दी– म्याग्दीको बेनीमा आगामी माघमा आठौँ म्याग्दी महोत्सव तथा प्रदेशस्तरीय कृषि, पर्यटन, औद्योगिक, व्यापार मेला सञ्चालन हुने भएको छ ।

    images
    images

    आगामी पुस २८ देखि माघ ८ गतेसम्म आयोजना हुने महोत्सवको ३७ वटा उपसमिति गठन गरेर तयारीलाई तीव्र पारिएको मूल आयोजक म्याग्दी उद्योग वाणिज्य संघले आज पत्रकार सम्मेलन गरी जानकारी दिएको हो ।

    सङ्घका अध्यक्ष सुविन श्रेष्ठका अनुसार महोत्सवमा १० करोड बराबरको कारोबार हुने र एक करोड २९ लाख खर्चको अनुमान गरिएको छ ।

    images
    images

    ‘महोत्सव व्यापारिक तथा मनोरञ्जनका लागि मात्रै नभई म्याग्दीमा लगानी ल्याउनका लागि पनि उपयोगी हुने अपेक्षा गरेका छौँ’,  उनले भने, ‘म्याग्दीको पर्यटन, कृषि, जलविद्युत्, खनिज, वन पैदावारजन्य उद्योग व्यवसायमा लगानी भित्र्याउन, संस्कृति संरक्षण, प्रतिभा पहिचान, प्रवर्द्धन र खेलकुदलाई पनि महोत्सवसँग जोडिएको छ ।’

    महोत्सवमा औद्योगिक, कृषि तथा पशुजन्य उत्पादनको प्रदर्शनी, पुरुष–महिला भलिबल, बास्केटबल, विभिन्न कलाकारको प्रस्तुति रहनेछन् । पुर्ख्यौली नाच, रत्यौली गीत, भजन, म्याग्दी आइडल एकल लोकनृत्य, जनजातिका झाँकी पनि प्रदर्शनी गरिनेछ ।

    महोत्सवका अवसरमा आयोजना गरिने अन्तरपालिका स्तरीय पुरुष भलिबल प्रतियोगिताको विजेतालाई एक लाख ५१ हजार र उपविजेतालाई ७५ हजार एक सय पुरस्कारको व्यवस्था गरिएको छ ।लोक दोहोरी गीत प्रतियोगिताका विजेतालाई एक लाख एक सय र उपविजेतालाई ६१ हजार एक सय रुपैयाँ पुरस्कार प्रदान गरिने जनाइएको छ ।महोत्सव सञ्चालनबाट भएको आम्दानीबाट म्याग्दी उद्योग वाणिज्य सङ्घले स्थापना गरेको व्यवसायी हित कोषमा १० लाख, विपद् राहत कोषमा पाँच लाख जम्मा गर्ने र टिकट बिक्रीबाट हुने केही प्रतिशत रकम म्याग्दीका सामाजिक सङ्घ संस्थालाई सहयोग गरिने अध्यक्ष श्रेष्ठले बताए ।

    यसअघि विसं २०५८ देखि २०७८ सालसम्म सात पटक म्याग्दी महोत्सव आयोजना भएको थियो । म्याग्दी र कालीगण्डकीको दोभानमा रहेको बेनी बजारमा परापूर्वकालदेखि नै माघे सङ्क्रान्ति पर्वको अवसरमा मेला लाग्ने गरेको थियो ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend