images

२०८३ आश्विन २० गते

images
images
images

शोभित बस्नेतको निर्देशनमा ‘पीआर’ बन्ने

शोभित बस्नेतको निर्देशनमा ‘पीआर’ बन्ने

images
images
आइतवार, मंसिर २३ २०८१
आइतवार, मंसिर २३ २०८१
  • काठमाडौँ । शोभित बस्नेतको निर्देशनमा फिल्म ‘पीआर’ बन्ने भएको छ। थिम पोस्टर सार्वजनिक गर्दै निर्माण टिमले फिल्मको नाम घोषणा गरेका हुन्।

    images
    images

    हातमा सुटकेस बोकेर अष्ट्रेलिया जान लागेका एक व्यक्तिलाई पोस्टरमा देखाइएको छ। जसको शरीरको आधा भाग महिलाको छ भने आधा पुरुषको। महिलाको भागमा नेपालको झण्डा देखाइएको छ भने पुरुषको भागमा हातमा सुटकेस बोकेर कोट लगाएको देखाइएको छ। पृष्ठभूमिमा अष्ट्रेलिया र नेपालको दृश्य राखिएको छ। त्यस्तै उडिरहेको हवाईजहाज पनि देखाइएको छ।

    निर्देशक शोभितका अनुसार फिल्मका लागि हाल अष्ट्रेलियाका विभिन्न स्थानमा अडिसन भइरहेको छ। फिल्मको सम्पूर्ण छायांकन अष्ट्रेलियाको विभिन्न सहरमा गरिने उनले बताए।

    images
    images

    फिल्म सन् २०२५ देखि छायांकन गर्ने तयारी भइरहेको उनले जानकारी दिए। ‘सम्पूर्ण कलाकार र प्राविधिक अष्ट्रेलियाबाटै छानिनेछन्। अङ्ग्रेजी नयाँ वर्ष २०२५ को अवसर पारेर हामी सुटिङमा जानेछौं’, उनले भने।

    निर्देशक बस्नेतको कथा रहेको फिल्ममा गणेश बुढाथोकीको पटकथा र संवाद रहनेछ।। फिल्मका निर्माता ए वान ग्रुप सर्भिसका प्रदीप दाहाल हुन् भने एप्लाई वर्ल्डका गणेश केसी कार्यकारी निर्माता रहनेछन्।आरएफएम फयासिलिटी मेनेजमेन्ट अष्ट्रेलिया र ल्यान्ड वे डम्प्लिङ सिड्नी प्रस्तुतकर्ता रहेको फिल्म सलोन सलिना फिल्मसको ब्यानरमा बन्ने छ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend