images

२०८३ आश्विन १९ गते

images
images
images
  • पूर्वाधार
  • अलपत्र भएका आयोजना ? ‘निर्माण व्यवसायीलाई...

अलपत्र भएका आयोजना ? ‘निर्माण व्यवसायीलाई अन्तिम मौका

अलपत्र भएका आयोजना ? ‘निर्माण व्यवसायीलाई अन्तिम मौका

images
images
शनिवार, मंसिर २२ २०८१
शनिवार, मंसिर २२ २०८१
  • सुर्खेत, मंसिर २२ । लामो समयदेखि ठेक्का अलपत्र पार्दै आएका निर्माण व्यवसायीलाई भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालय बोलाएर छलफल सुरू गरिएको छ ।

    images
    images

    मन्त्रालयले अलपत्र परेका ठेक्काको पटकपटक म्याद थपे पनि समस्य समाधान नभएपछि मन्त्रालयमा निर्माण व्यवसायीसँग छलफल सुरू गरेको हो । मन्त्री शेर बहादुर बुढा, सचिव तथा अन्य अधिकारीको सहभागितामा निर्माण व्यवसायीलाई संयुक्त रूपमा राखेर समस्य र समाधानका उपायबारे छलफल सुरू गरेको मन्त्रीका सूचना प्राविधिक सहायक टेक बहादुर शाहीले जानकारी दिए ।

    कर्णालीमा ३३ वटा ठूला आयोजनाहरू अलपत्र पर्दै आएका छन् । अधिकांश अलपत्र पारिएका ठेक्काको चार पटक सम्म म्याद थप गरिएको पाइएको छ । अति जरूरी भएको ठाउँमा समेत ठेक्का लिएर निर्माण व्यवसायी सम्पर्क विहीन हुने गरेको जिल्लास्थित कार्यालय प्रमुखले गुनासो गर्दै आएका छन् ।

    images
    images

    सोही गुनासो आधारमा निर्माण व्यवसायीलाई मन्त्रालयमा बोलाएर अन्तिम पटक समय दिएर काम गर्न आग्रह गरिएको मन्त्री बुढाले बताए । उनले भने – ‘काम नगर्ने हो भने बाटो खुल्ला गर्नुपर्‍यो, हैन भने तत्काल कम सुरू गर्नुपर्‍यो ।’

    कहाँ कहाँ छन् अलपत्र आयोजना ?

    तीस प्रतिशत मात्र भौतिक प्रगति भएको डोल्पाको दुनै सरस्वती मन्दिर देखि तिब्लागाउँ थरगाउँ काँडातली सम्मको दोस्रो ठेक्को काम अलपत्र पर्दै आएको छ । श्रेया जुगल जेभीले उक्त ठेक्का लिएको छ ।

    विसं २०७९ असार १६ गते उक्त ठेक्काको सम्झौता भएको थियो । विसं २०८१ मङ्सिर २३ गते यो ठेक्काको अन्तिम भाका रहेको छ । जाजरकोटको छेडा थलह सानाखोला जाँदे जुम्ला सडकको ३० किलोमिटर सडक निर्माण गर्ने भनी २०७८ माघ २५ गते सम्झौता भए पनि हाल सम्म निर्माण व्यवसायी अमर सिस्ने जेभीले १० प्रतिशत मात्र काम गरेको छ ।

    विसं २०८२ पुस ४ गते सम्म म्याद रहेको यो आयोजनाको कामको गति निकै ढिला भएको छ । नेपाल मेघा सिस्ने जेभीले २०७८ साउन ४ गते पूर्वाधार विकास कार्यालय, जाजरकोटमा छेडागाड नगरपालिकाको साल्मखोलामा पुल निर्माण गर्ने भन्दै ठेक्का लिएको पुलको हालसम्म ३० प्रतिशत मात्र काम गरेको छ । म्याद थप सहित २०८२ जेठ २ सम्म पुर्याएको छ ।

    निर्माण व्यवसायीले पुल निर्माणमा चासो नै नदेखाएकाले काम ढिला भएको भनी जिल्लास्थित पूर्वाधार विकास कार्यालयले प्रदेशको भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयमा पत्राचार गरेको छ । जाजरकोटकै बारेकोट गाउँपालिका–८ साँघुतरा र नलगाड नगरपालिका–५ सिर्केस्थित मोटरेबल पुल समेत अलपत्र पर्दै आएको छ ।

    नेपाल मेगा सिस्ने जेभीले नै २०७८ साउन २९ गते पुल निर्माणको ठेक्का लिएको थियो । हाल सम्म उक्त पुलको भौतिक प्रगति जिरो रहेको छ । निर्माण व्यवसायीले काम गर्नका लागि अहिले सम्म फिल्डमै नपुगेको भनी पूर्वाधार विकास कार्यालय, जाजरकोटले मन्त्रालयमा पत्राचार गरेको छ । यसको म्याद थप सहित २०८२ असार २० गते सम्म म्याद थप गरिएको छ ।

    नारायनम निर्माण सेवा नेपालगञ्ज १८ बाँकेले बारेकोट गाउँपालिकाको भैसेडीमा पक्की पुल निर्माणका लागि २०७९ जेठ २३ गते लिएको ठेक्काको भौतिक प्रगति ५० प्रतिशत रहेको छ । विसं २०८१ जेठ २९ गतेसम्म म्याद सकिएको छ । कल्यानमा पक्की पुल निर्माण गर्ने भन्दै पिएस निर्माण सेवा नौवास्था–८ बाँकेले २०७९ जेठ ३० गते लिएको पुलको ठेक्का हाल सम्म निर्माण हुन सकेको छैन ।

    उक्त ठेक्काको म्याद थप सहितको मिति २०८१ जेठ २९ गते समाप्त भइसकेको छ । यसको भौतिक प्रगति ४५ प्रतिशत मात्र रहेको छ । कालीकोटको सेरी पान्तडी पद्मघाट जुम्ला सडक (बहुवर्षीय योजना समेतं) निर्माणको ठेक्का खड्का कृष्ण सुपरस्टार जेभीले २०७७ जेठ २ गते लिएको थियो ।

    उक्त ठेक्काको काम हाल सम्म ४० प्रतिशत मात्र भएको भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयले जनाएको छ । विसं २०८० जेठ ३० गते यस ठेक्काको म्याद सकिएको थियो । वारातु सियाला रेगिंल रोड निर्माण गर्नका लागि पूर्वाधार विकास कार्यालय कालीकोटले निकालेको ठेक्कामा मार्गादेवी निर्माण सेवाले २०७८ वैशाख २६ गते सम्झौता गरेर हाल सम्म २८ प्रतिशत मात्र काम गरेर बीचमै छोडेको पाइएको छ ।

    कडा चट्टान लागेको भन्दै उक्त काम बीचमै छाडिएको मन्त्रालयमा परिपत्र गरिएको छ । यसको म्याद थप सहितको अन्तिम मिति २०८२ वैशाख ३० गते रहेको छ । कालीकोटको पताला–९ को दाम्रीगाड पक्की पुल निर्माण गर्नका लागि गलवार जगदम्बार सुपरस्टार जेभीले २०७७ असार ३० गते सम्झौता भएको थियो ।

    सम्झौताको मिति सकिएर म्याद थप गरेर २०८१ साल असार २० गते म्याद सकिए पनि उक्त पुलको भौतिक प्रगति हाल सम्म ३५ प्रतिशत मात्र रहेको मन्त्रालयका सूचना अधिकारी प्रवीण कार्कीले जानकारी दिनुभयो । जारकोटमा पक्की पुल निर्माण गर्ने भनी २०७७ असोज १३ गते हिराचन र कारभान र सुपरस्टार जेभीले ठेक्का लिएकामा हाल सम्म उक्त ठेक्काको २५ प्रतिशत मात्र रहेको छ । म्याद थप सहितको अन्तिम मिति २०८१ जेठ ३० गते समाप्त भएको थियो । त्यस्तै दैलेखमा समेत हालत उही रहेको छ ।

    दैलेख सदरमुकाम देखि नौमुले गाउँपालिका–१ देखि ४ हुँदै जुनी जाजरकोट जिल्ला जोड्ने सडकसमेत अलपत्र पर्दै आएको छ । यसको ठेक्का बिरूवा सिद्धान्त श्रृङ्गेश्वर जेवीले लिएको थियो । यसको पनि भौतिक प्रगति निरासाजनक रहेको छ । यो सडक पटक पटक निर्माण गर्दा पनि निर्माण व्यवसायीले काम अगाडि बढाउन नचाहेको मन्त्रालयमा प्रतिवेदनमा उल्लेख गरिएको छ ।

    साङ्गेतडा–ब्रिन्दासैनी–चामुण्डा बाटो निर्माण गर्ने भनी मोतिदान–लाल सुभ–मेन्द्रो जेभीले काम अलपत्र पार्दै आएको छ । कोप्ची कट्टी बेस्तडा रूम चौराठा देउली दैलेख सडकको काम वाइबा र लामा र लोपूर्ण जेभीले अलपत्र पार्दै आएको पाइएको छ । सान्ताडा मेहलतोली पातिहाल्ना जाजरकोट सडकको समेत अवस्थामा खराब छ । यसको प्रगति पनि निरासाजनक नै रहेको छ । यसको ठेक्का नाना निर्माणले लिएको छ ।

    रबट छामघाट खोला पक्की पुल निर्माणको काम जलजला जय मा स्वर्गद्वारी जेभीले लिएर अलपत्र पारेको छ । पटक पटक म्याद थप गर्दा पनि १० जिल्लामा निम्न आयोजना निर्माण हुन नसकेर थन्किएका छन् । निर्माण व्यवसायीलाई पटक पटक ताकेता गर्दा पनि निर्माण व्यवसायीले फोन अफ गरेर बसिरहेको पाइएको छ ।

    सुर्खेतमा बड्डीचौर बिम्रेनी बाबियाचौर विद्यापुर सडक अनकरजयदेवी जेभीले अलपत्र परेको छ । रानीघाट तेलपानी भुरीगाउँ सडक थोदुङ्गरजागृती जेभीले निर्माणमा समस्या बनाउँदै आएको मन्त्रालयले बताएको छ । मङ्गलगढी काँक्रेविहार सडक योजना अमररसिस्नेरमेघा जेभीले बीचमै अलपत्र पारेको छ ।

    कुइने जामु बाबियाचौर भक्तरी जगलघाट सडक अनकरजयदेवी र सनलाइट जेभीले, प्रदेश राजधानी वीरेन्द्रनगर प्लानिङ क्षेत्र सहरी सडक कान्छा राम कन्स्ट्रक्सने, तल्लो करेली पक्की पुल निर्माण भेरीगंगा–१३ को पुलगाल्वा निर्माण सेवा काठमाडौँले, घाटगाउँ गटु सालम कोरालाबास कुल्लीमोर सडक श्रेष्ठ कन्स्ट्रक्सन कम्पनी काठमाडौँले ठेक्का लिएर बीचमै छाडेको अवस्थामा रहेको मन्त्रालयका सूचना अधिकारी कार्कीले जानकारी दिए ।

    हुम्लाको लालीबगर औलाथली मोटरेबल पुल सूर्य–एचएम–श्रेया जेभीले लिएर अलपत्र पारेको छ । याँचु बजार (पालिका केन्द्र) देखि तुमलिक मोटरेबल पुल, खार्पुनाथ गाउँपालिका हुम्ला सडक पुल पुनः सूर्य–एचएम–श्रेया जेभीले नै लिएर अलपत्र परेको छ ।

    जुम्लाको झारज्युला निधार पक्की पुल गल्वा अमित जेभीले लिएर बीचमै छाडेको पूर्वाधार विकास कार्यालय जुम्लाले मन्त्रालयमा पत्र पठाएर जानकारी दिएको छ ।

    मुगुको दोमुख तारापानी गमगढी नाक्चे लाग्ने सडक निर्माणको जिम्मेवारी लिएको खानी जगदम्बा मिसन जेभी, झुगला बेलिब्रिज वा मोटरेबल पुलको काम कन्काई–कुशेश्वर निसान जेभी, दोमुख पक्की पुलको काम मृत सञ्जीवनी निर्माण सेवाले हुम्ला कर्णाली र मुगु कर्णाली नदी दोमुखबाट गमगढी नाक्चेलाग्न सडक अदालतमा मुद्दा परेका कारण ढिला भइरहेको छ ।

    रूकुम पश्चिममा चिसापानी–राडी–नदुवा–मुसीकोट सडक (बहुवर्षीय)को काम पिएस जिएसएचसीले, छेरावगर पक्की पुलको काम सपना सिस्ने खड्का जेभीले लिएको छ । सबै काम सन्तोषजनक नभएको पाइएको छ । पूर्वाधार विकास कार्यालय सल्यानका अनुसार बालुवा सङ्ग्रही कुपिण्डे खलङ्गा सडकको काम गलवा९धुलिखेल जेभीले र बागचौर–पातीहाल्न बगरखोला पुलको ठेक्का प्राकृतिक निशानभूमि जेभीले लिएर अलपत्र पारेको छ । यी सबै ठेक्काका काम ३० देखि ५० प्रतिशत भइ बीचमै अलपत्र पारिएको छ ।रासस

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend