images

२०८३ आश्विन २० गते

images
images
images

गौतमबुद्ध विमानस्थल : एक महिनामा ५ हजार अन्तर्राष्ट्रिय यात्रु, कुन कम्पनीले कति यात्रुलाई दिए सेवा ?

गौतमबुद्ध विमानस्थल : एक महिनामा ५ हजार अन्तर्राष्ट्रिय यात्रु, कुन कम्पनीले कति यात्रुलाई दिए सेवा ?

images
images
बिहिवार, मंसिर २० २०८१
बिहिवार, मंसिर २० २०८१
  • काठमार्डौ । भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट एक महिनामा करिब ५ हजार अन्तर्राष्ट्रिय उडानका यात्रुले सेवा लिएका छन् ।

    images
    images

    विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीका अनुसार ३ नोभेम्बर (१८ कात्तिक) देखि ३ डिसेम्बर (१८ मंसिर) सम्म ४ हजार ७ सय ७१ यात्रुले भैरहवा विमानस्थलबाट सेवा लिएका छन् । यस अवधिमा २ हजार २ सय ३८ यात्रु भैरहवाबाट विदेश उडेका थिए ।

    त्यसैगरी २ हजार ५ सय ३३ यात्रु भने भैरहवा अवतरण गरेको तिवारीले जानकारी दिए । यस अवधिमा भैरहवालाई ट्रान्जिट बनाएर ५ हजार ४ सय ६७ यात्रु उडेका छन् ।

    images
    images

    वायुसेवा कम्पनीहरूले काठमाडौं आउने यात्रुलाई भैरहवा हुँदै ल्याएका कारण ट्रान्जिट संख्या बढेको हो । एक महिनामा कुल १ सय ५६ उडान÷अवतरण भएका छन् । ७८ उडान र ७८ अवतरण भएको तथ्यांक छ ।

    एक महिना अवधिमा जजिरा एयरवेजले सबैभन्दा धेरै यात्रु बोकेको छ । जजिराले ३ हजार ३४ यात्रुलाई भैरहवाबाट सेवा दिएको छ । यसले १ हजार ७ सय ९२ यात्रु उडाएको छ भने १ हजार २ सय ४२ यात्रुलाई भैरहवा ल्याएको छ ।

    त्यस्तै दोस्रो स्थानमा फ्लाई दुबई छ । यसले १ हजार १ सय १३ यात्रु भैरहवा ल्याएको छ भने १९ जनालाई भैरहवाबाट उडाएको छ ।

    एक महिनामा कुन कम्पनीले कति यात्रुलाई दिए सेवा ?

    जजिरा : ३०३४

    फ्लाई दुबई : ११३२

    थाई एयर एसिया : ४४७

    कतार : ९३

    नेपाल एयरलाइन्स : ३९

    चार्टर्ड : २६

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend