images

२०८३ आश्विन १९ गते

images
images
images

तनहुँ बागेश्वरी सडक १० दिन बन्द रहने

तनहुँ बागेश्वरी सडक १० दिन बन्द रहने

images
images
बिहिवार, मंसिर २० २०८१
बिहिवार, मंसिर २० २०८१
  • तनहुँः तनहुँको व्यास नगरपालिका–११ स्थित बागेश्वरी सडक दश दिन बन्द गरिने भएको छ। उक्त मार्गको बरभञ्ज्याङ देखि पड्के पसल खण्डमा बक्स कल्भर्ट निर्माण सुरु गरिएकाले दश दिन बन्द गरिएको हो।

    images
    images

    बुधबार देखि दश दिनका लागि उक्त खण्डमा सवारीसाधन आवतजावत रोक लगाइएको बागेश्वरी मोटर मार्ग उपभोक्ता समितिका अध्यक्ष विवेक भट्टराईले जानकारी दिए।

    उक्त मोटरमार्गको घाँसीकुवा देखि बरभञ्ज्याङ सम्म भने सवारीसाधन सञ्चालन गर्न सकिनेछ। उक्त खण्डमा कालोपत्र समेत गर्न लागिएको छ।

    images
    images

    बाटो खुलेको ३१ वर्ष पछि सडक कालोपत्र सुरु गरिएको हो। सङ्घीय सरकारबाट रु चार करोड बजेट विनियोजन भएपछि सडकको कालोपत्र लगायत स्तरोन्नतिको काम सुरु गरिएको भट्टराईले बताए। व्यास नगरपालिका–११ देखि भानु नगरपालिका–६ जोड्ने खण्डमा सडक स्तरोन्नतिको काम भइरहेको उनले बताए।

    पहिलो चरणमा व्यास नगरपालिका–११ शेरा देखि ढुङ्गाखानी सम्म करिब एक किलोमिटर खण्ड कालोपत्र हुनेछ। जस अनुसार पाँच दशमलव पाँच देखि सात दशमलव पाँच मिटरसम्म चौडाइ र नाला निर्माण गरिने जनाइएको छ।

    हालसम्म आठ सय ५० मिटर सडक कालोपत्र भइसकेको छ। अध्यक्ष भट्टराईले भने, ‘सडक खुलेको ३१ वर्ष पछि यसको स्तरोन्नतिको काम भइरहेको छ। सडक कालोपत्र सँगै यस भेगका जनतालाई आवतजावतमा सहज हुनेछ।’

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend