images

२०८३ आश्विन १९ गते

images
images
images

बाँकेमा पुल र सडकका एक सय ३२ आयोजना

बाँकेमा पुल र सडकका एक सय ३२ आयोजना

images
images
बुधवार, मंसिर १९ २०८१
बुधवार, मंसिर १९ २०८१
  •  काठमाडौं । जिल्लामा लुम्बिनी प्रदेश तथा स्थानीयस्तरका पुल र सडकसम्बन्धी एक सय ३२ आयोजना सञ्चालन हुने भएका छन् । चालु आर्थिक वर्ष २०८१/८२ मा तीमध्ये ५३ को सम्झौता भइसकेका, ५७ आयोजना मूल्याङ्कनको चरणमा र २२ आयोजनाको बोलपत्र आह्वान भइसकेको हो । 

    images
    images

    सडक पूर्वाधार विकास कार्यालय नेपालगञ्जका प्रमुख दीपक खड्काका अनुसार चालु आवमा निर्माण सुरु गर्नेगरी २२ आयोजनाको बोलपत्र आह्वान भएको छ । रु छ करोड ४३ लाख बराबरको सडक तथा पुलका आयोजना जिल्लाको नेपालगञ्ज उपमहानगरपालिका, कोहलपुर नगरपालिका, राप्तीसोनारी गाउँपालिका, बैजनाथ गाउँपालिका, खजुरा गाउँपालिका, नरैनापुर गाउँपालिका, डुडुवा गाउँपालिकामा रहेका उहाँले जानकारी दिनुभयो ।

     
    जिल्लामा सञ्चालित पुल र सडकका आयोजनालाई प्रदेशस्तरका प्रमुख राजमार्ग एवं प्रदेशका गौरवका योजना, प्रदेश पूर्वाधार विकास कार्यक्रम, प्रदेशिक सडक, साना सडक, स्थानीय तह पहुँच मार्ग, पर्यटनस्थल पहुँच मार्ग भनेर नामाकरण गरिएको सडक पूर्वाधार विकास कार्यालय नेपालगञ्जले जनाएको छ । 

    images
    images

    साथै सीमा सुरक्षापोष्ट सडक सञ्जाल कार्यक्रम, सीमा क्षेत्र विकास कार्यक्रम, कृषि सडक, सडक पुल क्रमागत, सडक पुल नयाँ र अधुरा ठेक्का व्यवस्थापनलगायत रहेका प्रमुख खड्काले बताउनुभयो । सडक मर्मत, सुधार एवं सुरक्षा कार्यक्रमअन्तर्गत आवधिक मर्मतका साथै नियमित मर्मत भइरहेको उहाँले जानकारी दिनुभयो । सीमित स्रोत र साधनका कारण काम गर्न असहज भइरहेको प्रमुख खड्काले बताउनुभयो ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend