images

२०८३ आश्विन १९ गते

images
images
images
  • प्रविधि
  • नेपालको छ हजार ७८ भिडियो टिकटकले...

नेपालको छ हजार ७८ भिडियो टिकटकले हटायो

नेपालको छ हजार ७८ भिडियो टिकटकले हटायो

images
images
बुधवार, मंसिर १९ २०८१
बुधवार, मंसिर १९ २०८१
  • टिकटकले नेपालमा दुई महिनामा कम्युनिटी ‘गाइड लाइन्स’ विपरीत पोष्ट गरेका छ हजार ७८ भिडियो हटाएको छ। अप्रिल र जुन महिनामा पोष्ट भएका उक्त भिडियो मध्ये ९९ दशमलव १ प्रतिशत तुरून्तै हटाएको र ९३ दशमलब २ प्रतिशत भिडियो २४ घन्टाभित्र हटाएको टिकटकका प्रतिनिधिले जनाएका छन्।

    images
    images

    काठमाडौंमा आज सञ्चार तथा सूचना प्रविधि मन्त्रालय सँगको समन्वयमा टिकटकले आयोजना गरेको ‘डिजिटल सेफ्टी समिट नेपाल’ कार्यक्रममा उक्त तथ्याङ्क प्रस्तुत गरिएको थियो। कार्यक्रममा टिकटक प्रतिनिधि सिद्रा जलिलले टिकटकले नियमन गर्न बनाएको निर्देशिका (गाइडलाइन) बारे कार्यपत्र प्रस्तुत गरेकी थिईन।

    मर्यादित र व्यवस्थित टिकटक प्लेटफर्म बनाउन उमेर समूह समेत छुट्याइएको प्रस्तुतकर्ता जलिलले बताईन। टिकटकमा सिधै म्यासेज गर्न १६ वर्ष उमेर पुगेको हुनुपर्ने, लाइभमा बस्न १८ वर्ष उमेर पुगेको हुनुपर्ने लगायत निर्देशिका टिकटकले निर्धारण गरेको छ। यद्यपि प्रयोगकर्ताको सामाजिक सञ्जालको सही सदुपयोग गर्नेबारे चेतनाको अभावका कारण गाइडलाइनको सही पालना नभएको उनले सुनाइन्।

    images
    images

    त्यस्तै कार्यक्रममा दक्षिण एसियाका लागि टिकटकका सार्वजनिक नीति तथा सरकार सम्बन्ध प्रमुख फिरदौस मोक्ताकिनले डिजिटल साक्षरता र अनलाइन सुरक्षा प्रवर्द्धनमा नेपाल सरकारसँग निरन्तर सहकार्य गर्ने प्रतिबद्ध रहेको बताए।

    उनले विशेष गरी बालबालिका र युवाहरूको अनलाइन सुरक्षामा निश्चित ‘गाइडलाइन’ बनाएको जानकारी दिए। नेपालमा सुरक्षित अनलाइन वातावरण सिर्जना गर्ने दिशामा एक महत्वपूर्ण कदम चालेको बताउँदै उनले टिकटक प्रयोगकर्ताको सुरक्षामा विशेष चासो रहेको समेत सुनाए।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend