काठमाडौं । बीमा व्यवसायमा क्रमिक सुधार देखिएको छ । आर्थिक शिथिलताले सुस्ताएका नेपाली बीमा बजारमा पछिल्लो समय सकरात्मक लय समाएको छ ।
हाल नेपालको समग्र बीमा व्यवसाय साढे ९ प्रतिशत वृद्धि भएको छ । नेपाल बीमा प्राधिरकणले हालै प्रकाशन गरेको चालु आर्थिक वर्षको पहिलो चार महिना (साउन देखि कात्तिक सम्म) को तथ्याङ्कले यस्तो देखाएको हो ।
चालु आवको चार महिनामा हाल संचालनमा रहेको जीवन तथा निर्जीवन बीमा कम्पनीहरुको कुल व्यावसाय ९.४४ प्रतिशत वृद्धि भएको छ । हाल १४–१४ वटा ठुला जीवन र निर्जीवन कम्पनी र सात वटा लघु बीमा कम्पनी संचालनमा छन् ।
ती कम्पनीहरुले चार महिनामा कुल ६८ अर्ब ५ करोड ७७ लाख ३४ हजार रुपैयाँ बराबरको व्यापार गरेका छन् । यो गत आवको सोही अवधिको तुलनामा भने ५ अर्ब ८६ करोड ९३ लाख बढी हो । गत आवको पहिलो चार महिनामा कम्पनीहरुले ६२ अर्ब १८ करोड ८३ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् ।
केही समय देखि आर्थिक शिथिलताका नेपाली बीमा बजार सुस्ताएको थियो । विशेषगरि कोरोना महामारी, प्राकृतिक विपद र आर्थिक गतिविधि करिब–करिब ठप्प जस्तै थियो । त्यही बेला देखि नै बीमा बजार पनि निकै नै प्रभावित भएको थियो । तर, अहिले विस्तारै वृद्धि हुँदै गरेको छ । तर, हाल कारोना महामारी साम्य भइसेको छ, भने आर्थिक गतिविधि पनि विस्तारै चलायमान हुँदै गएका छन् । निर्माण, व्यवसाय बैंकिङ क्षेत्रमा पनि सुधार आउन थालेको छ, यस्ता कारणले बीमा व्यवसायमा सकरात्मक प्रभाव परेको छ ।




.gif)





