images

२०८३ आश्विन १९ गते

images
images
images
  • विमा
  • चार महिनामा लघु जीवन बीमा...

चार महिनामा लघु जीवन बीमा कम्पनीको व्यापार साढे ३० करोड,कसको कति ?

चार महिनामा लघु जीवन बीमा कम्पनीको व्यापार साढे ३० करोड,कसको कति ?

images
images
मंगलवार, मंसिर १८ २०८१
मंगलवार, मंसिर १८ २०८१
  • काठमाडौं । चालु आर्थिक वर्षको कात्तिकसम्ममा लघु जीवन बीमकले साढे ३० करोड रुपैयाँको व्यापार भित्र्याएका छन्। 

    images
    images

    नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांकअनुसार लघु जीवन बीमकले चालु आर्थिक वर्षको ४ महिनामा ४ लाख ५५ हजार ४९० वटा बीमालेख जारी गरेर ३० करोड ५७ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका हुन्।

    समीक्षा अवधिसम्म सबैभन्दा धेरै व्यापार भित्र्याउने लघु जीवन बीमकमा गार्डियन माइक्रो लाइफ रहेको छ । यो कम्पनीले ३ लाख १३ हजार १४५ वटा बीमालेख जारी गर्दै ११ करोड ९० लाख ६८ हजार रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ।

    images
    images

    दोस्रोमा क्रेष्ट माइक्रो लाइफ रहेको छ । यो कम्पनीले ९५ हजार १४ वटा बीमालेख जारी गरेर ११ करोड १४ लाख ९८ हजार रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ।

    त्यस्तै लिबर्टी माइक्रो लाइफले कात्तिकसम्म ४७ हजार ३३१ वटा बीमालेख जारी गरेर ७ करोड ५२ लाख २६ हजार रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend