images

२०८३ आश्विन २० गते

images
images
images

प्रियंका र दीयाको हरर सिनेमा ‘ममी’ माघ २५ मा

प्रियंका र दीयाको हरर सिनेमा ‘ममी’ माघ २५ मा

images
images
मंगलवार, मंसिर १८ २०८१
मंगलवार, मंसिर १८ २०८१
  • काठमाडौं । प्रियंका कार्की र दीया मास्केको मुख्य भूमिका रहेको चलचित्र ‘ममी’को प्रदर्शन मिति घोषणा गरिएको छ । मंगलबार चलचित्रको फर्स्टलुक पोस्टर सार्वजनिक गर्दै माघ २५ गतेलाई प्रदर्शन मिति घोषणा गरिएको हो ।

    images
    images

    सार्वजनिक पोस्टरमा ठूलो रुख छ । रुखको फेदमा घर छ । प्रियंका र दीया सोही रुखमा छन् । 

    पोस्टरमा प्रियंका गम्भीर भावमा छिन् । दीया रगताम्य अनुहारसहित डरलाग्दो अवतारमा छिन् । हरर फ्यामिली ड्रामा कथामा निर्माण भएको सिनेमाले एक परिवारमा छोरी र कुकुरको दुखद् निधनपछि रहस्यमय कालो बिरालोसँगै निम्तने विपत्तिलाई दखाउने निर्माणपक्षले सार्वजनिक गरेको प्रेस नोटमा उल्लेख छ ।

    images
    images

    एसओ ट्वान्टी फाइभको प्रस्तुतिमा निर्माण भएको चलचित्रमा प्रियंका र दीयासँगै सुलक्षण भारती, समीप निरौला, घनश्याम जोशी, आयुषी ढकाल, जेभिस श्रेष्ठ, गुराँस ढकाल, रिना ढकाललगायत कलाकारको अभिनय छ । 

    चलचित्रमा समर निरौलाको लेखन तथा निर्देशन छ । यो उनको डेव्यु निर्देशन हो । लोक राज जोशी र पूर्णिमा जोशी निर्माता रहेको चलचित्रमा सुमन कोइराला कार्यकारी निर्माता छन् । चलचित्रलाई शरद महतोले छायांकन गरेका छन् । 

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend