images

२०८३ कार्तिक ४ गते

images
images
images

एभरेष्ट कलर आईपीओ निष्काशन गर्दै

एभरेष्ट कलर आईपीओ निष्काशन गर्दै

images
images
सोमवार, मंसिर १७ २०८१
सोमवार, मंसिर १७ २०८१
  • काठमाडौं । एभरेष्ट कलर लिमिटेडले सर्वसाधारणमा साधारण शेयर (आईपीओ) जारी गर्ने तयारी गरेको छ । 

    images
    images

    नेपालमा नै पहिलो पटक रङ उद्योगका तर्फबाट आईपीओ निष्कासनको प्रक्रिया अघि बढाउनका लागि बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटललाई नियुक्त गरिएको छ ।

    एक कार्यक्रमका बीच एभरेष्ट कलरका तर्फबाट प्रबन्ध सञ्चालक सरोज लुइँटेल र मुक्तिनाथ क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत कवीन्द्रध्वज जोशीले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।

    images
    images

    एभरेष्ट कलर लिमिटेडद्वारा ३ करोड ९० लाख रूपैयाँ शेयर पुँजी बराबरको ५० रूपैयाँ अंकित दरको ७ लाख ८० हजार कित्ता साधारण शेयर सर्वसाधारणहरूलाई बिक्री गर्न लागिएकोे हो । उक्त कम्पनीलाई केयर रेटिङ्स नेपाल लिमिटेडले केयर-एनपी बीबी- (इज) (डबल बी माइनस) (इसुअर) रेटिङ प्रदान गरेको छ ।

    २०६८ सालमा स्थापना भई एभरेष्ट कलर लिमिटेडले अनुभवी युवाहरूद्धारा नेपाली बजारमा रङ उत्पादन तथा बिक्री वितरण गर्दै आइरहेको छ । गुणस्तरीय कलर उत्पादन गरी आयात प्रतिस्थापन गर्ने, रोजगारी सिर्जना गर्ने तथा आन्तरिक राजस्वमा योगदान पुर्‍याई देशको सेवा गर्ने यस कम्पनीको प्रमुख उद्देश्य रहेको छ ।

    आईएसओ ९००१:२०१५ प्रमाणित यस कम्पनीले अन्र्तराष्ट्रियस्तरको अत्याधुनिक प्रविधि, गुण्स्तरीय कच्चापदार्थ प्रयोग गरी नेपाली हावापानीमा सुहाउँदो रङ उत्पादनको अनुसन्धान तथा विकास गरी गुणस्तरीय उत्पादन तथा सेवामार्फत नेपाली रङको बजारमा आफ्ना उत्पादनहरू उपभोक्ताहरूलाई प्रदान गरिरहेको छ । 

    कम्पनीले विभिन्न गुणस्तर तथा प्रकारका बाह्य र आन्तरिक इमल्सन पेन्ट्स र प्राइमर, इनामेल पेन्ट्स, काठ र धातु प्राइमर, एक्रेलिक डिस्टेम्पर, एल्युमिनियम पेन्ट्स, वाल पुटिङ तथा औद्योगिक पेन्ट्सहरू आदि उत्पादन गर्दै आइरहेको छ ।हाल यस कम्पनीले पूर्वमा फिदिमदेखि पश्चिममा धनगढीसम्म २०० भन्दा बढी व्यावसायिक साझेदारीहरूमार्फत आफ्ना उत्पादनहरू बिक्री वितरण गर्दै आइरहेको छ ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend