images

२०८३ कार्तिक ४ गते

images
images
images
  • समाचार
  • विपद्का कारण तीन जिल्लाका मुख्य राजमार्ग...

विपद्का कारण तीन जिल्लाका मुख्य राजमार्ग प्रभावित, गोरखामा सडक पूर्ण अवरुद्ध

विपद्का कारण तीन जिल्लाका मुख्य राजमार्ग प्रभावित, गोरखामा सडक पूर्ण अवरुद्ध

images
images
मंगलवार, कार्तिक ४ २०८३
मंगलवार, कार्तिक ४ २०८३
  • काठमाडौं । विपद्का कारण देशका विभिन्न जिल्लामा मुख्य राजमार्ग तथा सडकखण्ड प्रभावित भएका छन्।

    images
    images

    नेपाल प्रहरीका अनुसार २०८३ कात्तिक ३ गते बिहान ७ः०० बजेसम्म म्याग्दी, गोरखा र सुर्खेतका सडकखण्डमा पहिरो तथा बाढीका कारण यातायात प्रभावित भएको छ।

    सडक अवरोधको विवरण

    images
    images

    म्याग्दीः रघुगंगा गाउँपालिका–२, बैसरीस्थित बेनी–जोमसोम सडकखण्डमा पहिरोका कारण सडक एकतर्फी सञ्चालनमा रहेको छ।

    गोरखाः आरुघाट गाउँपालिका–२, ३ र ४ क्षेत्रअन्तर्गत नयाँपुल आसपास बाढीका कारण सडक पूर्ण रूपमा अवरुद्ध भएको छ। उक्त सडकखण्डले सोतीमा रहेको फलामे पुल हुँदै गोरखा आरुघाटबाट धार्चे जोड्ने मार्गलाई प्रभावित गरेको छ।

    सुर्खेतः बराहताल गाउँपालिका–७, ओइलिसे क्षेत्रमा पहिरोका कारण कर्णाली राजमार्ग एकतर्फी सञ्चालनमा रहेको छ।

    यात्रुहरूलाई अनुरोधः सम्बन्धित सडकखण्डमा यात्रा गर्नुअघि पछिल्लो अवस्थाबारे जानकारी लिनुहोस्। पहिरो तथा बाढी प्रभावित क्षेत्रमा सावधानी अपनाउनुहोस् र सुरक्षाकर्मीको निर्देशन पालना गर्नुहोस्।

    May be a graphic of text

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend