images

२०८३ आश्विन १९ गते

images
images
images
  • विमा
  • जीवन बीमा कम्पनीले गरे ५३ अर्ब...

जीवन बीमा कम्पनीले गरे ५३ अर्ब बढीको बीमाशुल्क आर्जन, कुनको कति ?

जीवन बीमा कम्पनीले गरे ५३ अर्ब बढीको बीमाशुल्क आर्जन, कुनको कति ?

images
images
आइतवार, मंसिर १६ २०८१
आइतवार, मंसिर १६ २०८१
  • काठमाडौँ । चालु आर्थिक वर्षको कात्तिक मसान्त सम्ममा जीवन बीमा कम्पनीहरूले ५३ अर्ब ३९ करोड रुपैयाँ बढीको बीमाशुल्क आर्जन गरेका छन् ।

    images
    images

    नेपाल बीमा प्राधिकरणले आज सार्वजनिक गरेको तथ्यांक अनुसार १४ वटा जीवन बीमा कम्पनीले चालु आर्थिक वर्षको ४ महिनामा १ करोड ३३ लाख ४९ हजार १५७ सक्रिय बीमालेखबाट ५३ अर्ब ३९ करोड ३२ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका हुन्।

    अघिल्लो वर्षको सोही अवधिमा कम्पनीहरूले ४९ अर्ब ४३ करोड ६२ लाख रुपैयाँ कुल बीमशुल्क आर्जन गरेका थिए। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा कम्पनीहरूको व्यापार ८ प्रतिशतले बढेको छ।

    images
    images

    यस अवधिमा सबैभन्दा धेरै बीमाशुल्क आर्जन गर्ने कम्पनी नेपाल लाइफ नै बनेको छ। कम्पनीले यस अवधिमा १५ अर्ब ४० करोडको कारोबार गर्न सफल भएको छ। दोस्रो धेरै व्यापार भित्र्याउनेमा नेसनल लाइफ रहेको छ। नेसनल लाइफले समीक्षा अवधिसम्म ६ अर्ब ४३ करोड ७२ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ। जुन अघिल्लो वर्षको यही अवधिको तुलनामा २१.६१ प्रतिशतले बढी हो।

    अघिल्लो वर्ष यही अवधिमा कम्पनीले ५ अर्ब २९ करोड ३५ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको थियो।नेशनल लाइफको ६ अर्ब ४३ करोड रुपैयाँ बराबरको व्यापार भएको छ।

    यता तेस्रो स्थानमा रहेको लाइफ इन्ट्रेन्स कर्पोरेन्स (एलआईसी नेपाल)ले अघिल्लो वर्ष यही अवधि सम्म ५ अर्ब ५६ करोड ५९ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेकोमा समीक्षा अवधिमा बढेर ६ अर्ब ५ करोड ६७ लाख रुपैयाँ पुगेको छ।

    यस अवधि सम्म मेट लाइफले १ अर्ब ८७ करोड ५१ लाख रुपैयाँ, राष्ट्रिय जीवन बीमा कम्पनीले १ अर्ब ७७ करोड ६५ लाख रुपैयाँ, प्रभु महालक्ष्मी लाइफले १ अर्ब ६२ करोड ७९ लाख रुपैयाँ, रिलायबल नेपाल लाइफले १ अर्ब ५५ करोड ८८ लाख रुपैयाँ, आइएमई लाइफले १ अर्ब ५३ करोड ५७ लाख रुपैयाँ र सन नेपाल लाइफले १ अर्ब २८ करोड १५ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका छन्।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend