images

२०८३ आश्विन २० गते

images
images
images

बिछोडको मर्म बोल्ने लोकेश विश्वकर्माको ‘माया मार्यौ’ बजारमा

बिछोडको मर्म बोल्ने लोकेश विश्वकर्माको ‘माया मार्यौ’ बजारमा

images
images
आइतवार, मंसिर १६ २०८१
आइतवार, मंसिर १६ २०८१
  • काठमाडौँ । कला र व्यवसाय दुवै क्षेत्रमा सफल छवि बनाइसकेका सुर्खेती कलाकार लोकेश विश्वकर्माको आवाजमा सजिएको नयाँ गीत ‘माया मार्यौ’ हालै सार्वजनिक भएको छ।

    images
    images

    लोकेशको साथमा जमुना विश्वकर्माको स्वरले थप गहिराइ दिएको यो गीत प्रेम र बिछोडको कथामा आधारित छ । गीतले मायाको लामो यात्रा र त्यसपछिको बिछोडको पीडालाई चित्रण गरेको छ। शब्द र भावनाले भरिपूर्ण यो गीतले श्रोताहरूलाई आफ्नो व्यक्तिगत अनुभवसँग जोड्न मद्दत गर्छ।

    गीतको कथा हरेक प्रेमिल मनमा गहिरो छाप छोड्न सक्षम छ । गीतको भिडिओ पक्षलाई थप जीवन्त बनाउन तिलक शाहीको उत्कृष्ट छायांकनले महत्वपूर्ण भूमिका खेलेको छ। दृश्यमा लोकेश विश्वकर्मा र डिलु सुनारको अभिनयले कथाको भावलाई सजीव बनाएको छ। त्यस्तै, खेमराज गौतमको म्युजिक एरेन्जले गीतलाई संगीतात्मक पूर्णता प्रदान गरेको छ। प्रेममा सधैं मिठास मात्र हुँदैन, कहिलेकाहीँ बिछोडको पीडा पनि सहनुपर्छ।

    images
    images

     सुर्खेतको कलात्मक पृष्ठभूमिबाट आएका लोकेशले यो गीतमार्फत आफ्नो सांगीतिक यात्रा अझ प्रगाढ बनाउने अपेक्षा गरिएको छ। सामाजिक सञ्जालमा सकारात्मक प्रतिक्रिया पाइरहेको यो गीतले प्रेम र बिछोडका सन्देशलाई आत्मीयतासाथ दर्शाउन सफल भएको छ। लोकेश विश्वकर्माको यस सांगीतिक प्रयासले सुर्खेती कला र संस्कृतिलाई थप उचाइमा पु¥याउने विश्वास गर्न सकिन्छ ।

    भिडियो हेर्नुहोस:

     

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend