images

२०८३ कार्तिक ५ गते

images
images
images
  • शेयर
  • शेयर बजार १० अंकले घट्यो, ...

शेयर बजार १० अंकले घट्यो, ८ अर्ब ८३ करोडको कारोबार

शेयर बजार १० अंकले घट्यो, ८ अर्ब ८३ करोडको कारोबार

images
images
आइतवार, मंसिर १६ २०८१
आइतवार, मंसिर १६ २०८१
  • काठमाडौं– मौद्रिक नीतिको समीक्षा पछिको शेयर बजार  घटेको छ । आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ९.९९ अंकले घटेको छ । आइतबार नेप्से ०.३६ प्रतिशतले घटेर २७३८.०६ विन्दुमा पुगेको छ ।

    images
    images

    आज नेप्से घट्दा ८ अर्ब ८३ करोड २२ लख २५ हजार रुपैयाँ बराबरको १ करोड ६७ लाख ६७ हजार १६८ कित्ता शेयर कारोबार भएको छ ।

    आज बजार घट्दा ६३ वटा कम्पनीको शेयर मूल्य घटेको छ भने १७८ वटा कम्पनीको शेयर मूल्य बढेको छ । ३ वटा कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ ।

    images
    images

    आज २१४ वटा कम्पनी कारोबारमा आउँदा ८२ हजार ६०२ पटक शेयर किनबेच भएको छ । आज १२ वटा कम्पनीको शेयर मूल्यमा भने सकारात्मक सर्किट लागेको छ भने जानकी र नेपाल फाइनान्सको शेयर मूल्यमा भने नकारात्मक सर्किट लागेको छ ।

    आज १३ वटा समूहमध्ये ३ समूह बढेको छ भने १० समूह घटेको छ । आज विकास बैंक समूह ४.५२ प्रतिशतले बढेर ६ हजार १२६.२७ विन्दुमा, होटल तथा पर्यटन ०.३० प्रतिशतले बढेर ६ हजार ९१७.२८ विन्दुमा र ट्रेडिङ समूह ९.०७ प्रतिशतले बढेर ४ हजार ६१२.८३ विन्दुमा पुगेको छ ।

    आज सबैभन्दा बढी फाइनान्स समूह २.९६ प्रतिशतले घटेर ३ हजार ५३०.३९ विन्दुमा पुगेको छ ।त्यस्तै, वाणिज्य बैंक १.४७ प्रतिशतले, हाइड्रोपावर १.१४ प्रतिशतले, लगानी १.१५ प्रतिशतले, जीवन बीमा १.३५ प्रतिशतले, उत्पादन तथा प्रशोधन ०.५७ प्रतिशतले, लघुवित्त ०.९२ प्रतिशतले, म्युचुअल फण्ड ०.२३ प्रतिशतले, निर्जीवन बीमा ०.०१ प्रतिशतले र अन्य समूह १.३५ प्रतिशतले घटेको छ ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend