images

२०८३ आश्विन २६ गते

images
images
images
  • बजार
  • यस साता सुनचाँदीको मूल्यमा ऐतिहासिक गिरावट,...

यस साता सुनचाँदीको मूल्यमा ऐतिहासिक गिरावट, कारोबारमा उल्लेख्य वृद्धि

यस साता सुनचाँदीको मूल्यमा ऐतिहासिक गिरावट, कारोबारमा उल्लेख्य वृद्धि

images
images
शनिवार, मंसिर १५ २०८१
शनिवार, मंसिर १५ २०८१
  • काठमाडौँ । यस साता सुनको मूल्यमा ऐतिहासिक गिरावट आएको छ। यस साता सुनको भाउ तोलामा १४ हजार ६०० रुपैयाँले घटेको छ। यो सुनको भाउको हालसम्मकै उच्च गिरावट हो।

    images
    images

    सरकारले सुन आयातमा लगाएको भन्सार दर घटाए सँगै सुनको मूल्यमा भारी गिरावट आएको थियो ।
    अघिल्लो साताको शुक्रवार छापावाला सुनको भाउ प्रतितोला एक लाख ६५ हजार ५०० रुपैयाँमा खरिदबिक्री भएको थियो भने यस साताको शुक्रवार सुनको भाउ तोलामा १ लाख ५० हजार ९०० रुपैयाँमा कारोबार भएको छ ।

    अर्कोतर्फ अन्तर्राष्ट्रिय बजारमा समेत सुनको भाउ निरन्तर घट्दो क्रममा रहेकोले नेपालमा सुनको भाउ घट्दै गएको देखिन्छ। यता चाँदीको भाउ पनि प्रतितोला ९५ रुपैयाँले घटेको छ। अघिल्लो साता शुक्रवारसम्ममा १ हजार ९४० रुपैयाँ रहेको चाँदीको भाउ गत शुक्रवार घटेर १ हजार ८४५ रुपैयाँमा झरेको छ।

    images
    images

    सरकारले चाँदी आयातमा लाग्ने भन्सार शुल्क समेत १५ प्रतिशतबाट घटाएर १० प्रतिशतमा झारेको थियो ।सोही कारण चाँदीको भाउ घटेको हो। नेपाली बजारमा सुनको मूल्य घटेसँगै कारोबार दोब्बर बढेको छ ।

    भन्सार दरमा आएको गिरावटको कारण सुनको मूल्यमा गिरावट आएसँगै सुनचाँदीको कारोबार गर्नेको सङ्ख्या दोब्बर बढेको हो । बजारमा सुन अभाव देखिएको कारण अपेक्षा अनुरूप कारोबार हुन अझै नसकिएको महासंघको भनाई छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend