images

२०८३ कार्तिक ३ गते

images
images
images
  • शेयर
  • एनआरएन इन्फ्रास्टक्चरले पुस १२ गते बोलायो...

एनआरएन इन्फ्रास्टक्चरले पुस १२ गते बोलायो साधारण सभा

एनआरएन इन्फ्रास्टक्चरले पुस १२ गते बोलायो साधारण सभा

images
images
शुक्रवार, मंसिर १४ २०८१
शुक्रवार, मंसिर १४ २०८१
  • काठमाडौं । एनआरएन इन्फ्रास्टक्चर एन्ड डेभलपमेन्ट लिमिटेडले पुस १२ गते १२औं वार्षिक साधारण सभा बोलाएको छ । मंसिर ११ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले आम्रपाली व्यान्क्वेट, काठमाडौंमा बिहान ९ बजे सभा गर्ने निर्णय गरेको हो ।

    images
    images

    सभाले गत आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदनसहित वित्तीय विवरणहरू पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरीक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारणको विषय टुङ्ग्याउनेछ । प्रस्तावित लाभांशसँगै हकप्रद शेयर निष्काशनको प्रस्ताव पनि सभाले पारित गर्नेछ ।

    कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट हाल कायम चुक्तापूँजी १ अर्ब २२ करोड ३२ लाख ११ हजार रुपैयाँको आधारमा ५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव २६ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको हो । ५ प्रतिशत हकप्रद शेयरपछि कायम चुक्तापूँजीको आधारमा शतप्रतिशत हकप्रद शेयर निष्काशनको प्रस्ताव पनि कम्पनीले गरेको छ ।

    images
    images

    साथै एक जना महिला सदस्य सहित कुल ६ जना सञ्चालक निर्वाचनको कार्यक्रम पनि सभाका लागि तय भएको छ । साधारण सभा प्रयोजनका लागि कम्पनीले मंसिर २१ गते बुक क्लोज गर्ने भएको छ । बुक क्लोजको आधारमा मंसिर २० गतेसम्म कायम शेयरधनीहरूले मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend