images

२०८३ कार्तिक ३ गते

images
images
images
  • शेयर
  • प्राधिकरणको पत्रले जगदम्बा स्टिल र मारुती...

प्राधिकरणको पत्रले जगदम्बा स्टिल र मारुती सिमेन्टको आईपीओ तत्काल जारी नहुने

प्राधिकरणको पत्रले जगदम्बा स्टिल र मारुती सिमेन्टको आईपीओ तत्काल जारी नहुने

images
images
बिहिवार, मंसिर १३ २०८१
बिहिवार, मंसिर १३ २०८१
  • काठमाडौं ।  नेपाल विद्युत् प्राधिकरणले डेडिकेटेड र ट्रंक लाइनको महसुल बाँकी रहेको पत्र पठाएपछि धितोपत्र बोर्डले जगदम्बा स्टिल र मारुती सिमेन्टलाई तत्काल आईपीओ निष्कासनको अनुमति नदिने भएको छ । 

    images
    images

    दुवै कम्पनीले आईपीओ निष्कासनका लागि अनुमति माग्दै बोर्डमा निवेदन दिएका छन् । तर बक्यौता बाँकी रहेको भनेर प्राधिकरणले पत्र पठाएपछि विगतको अभ्यास अनुसार रोकिने बोर्डले जनाएको छ । 

    प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले कार्तिक २५ गतेको मन्त्रिपरिषद्को निर्णय र मङ्सिर ११ गतेको विद्युत् नियमन आयोगले बक्यौता उठाउन भनेको बेहोरासहितको पत्र बुधवार बोर्डमा पठाएका थिए । जसमा मारुती सिमेन्टले ५७ करोड ४४ लाख ७९ हजार रुपैयाँ बुझाउन बाँकी रहेको उल्लेख छ । जगदम्बा स्टिलको भने १ अर्ब ६० करोड १८ लाख ४३ हजार रुपैयाँ बक्यौता रहेको पत्रमा जनाइएको छ । 

    images
    images

    बोर्डका कार्यकारी निर्देशक डा.नवराज अधिकारीका अनुसार विगतमा पनि यसरी बक्यौता बाँकीको पत्र आएपछि रोकिएको अभ्यास छ । 

    उनले भने, ‘कुनै पनि निकायले बक्यौता बाँकी रहेको जानकारी दिएपछि आईपीओ जारी गरिँदैन । गरिएको थिएन । त्यही अभ्यासलाई हेर्दा यो पटक पनि आईपीओको पाइप लाइनमा रहेका कम्पनीको बक्यौता बाँकी भए तत्काल जारी गर्न सकिँदैन ।’  

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend