images

२०८३ आश्विन १९ गते

images
images
images
  • पूर्वाधार
  • कालीगण्डकी करिडोरः लमाए खोलामा पुल पुनः...

कालीगण्डकी करिडोरः लमाए खोलामा पुल पुनः निर्माण सुरु

कालीगण्डकी करिडोरः लमाए खोलामा पुल पुनः निर्माण सुरु

images
images
बिहिवार, मंसिर १३ २०८१
बिहिवार, मंसिर १३ २०८१
  • पर्वतः उत्तर–दक्षिण जोड्ने राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोर अन्तर्गत पर्वत खण्डमा पर्ने लमाएखोलाले बगाएको मोटरेबल पुल पुनः निर्माण सुरु गरिएको छ ।

    images
    images

    स्लाब ढलानको तयारी भएका बेला बाढीले सबै निर्माण सामग्री बगाएपछि पुल निर्माण रोकिएको थियो ।

    काली गण्डकी करिडोर आयोजना कार्यालयका अनुसार आगामी दुई सय दिन भित्र काम सम्पन्न गर्ने गरी निर्माण व्यवसायीलाई जरिवाना सहित काममा लगाइएको बताए ।

    images
    images

    बाढीले पुल सँगै निर्माण स्थलमा रहेका सयौँ बोरा सिमेन्ट, बालुवा, रड, फर्मा, पाइप र अन्य सामग्री बगाएको थियो ।

    पुल दुई वर्षमा सम्पन्न गर्नेगरी २०७५ साल पुस देखि निर्माण सुरु भएको थियो । साठी प्रतिशत काम सम्पन्न भएकामा बाढीले टेवा पर्खाल बाहेक सबै संरचनामा क्षति भएको थियो ।

    पच्चीस मिटर लामो र ११ मिटर चौडा यो पुलको लागत रु पाँच करोड ८९ लाख ८९ हजार दुई सय ७७ हो । रासस

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend