images

२०८३ आश्विन १९ गते

images
images
images
  • प्रविधि
  • इतिहासकै सबैभन्दा ठूलो पासवर्ड लीक, करोडौं...

इतिहासकै सबैभन्दा ठूलो पासवर्ड लीक, करोडौं मानिसहरूको सुरक्षा जोखिममा

इतिहासकै सबैभन्दा ठूलो पासवर्ड लीक, करोडौं मानिसहरूको सुरक्षा जोखिममा

images
images
बुधवार, मंसिर १२ २०८१
बुधवार, मंसिर १२ २०८१
  • काठमाडौं ।  यस डिजिटल युगमा आफ्नै सुरक्षा र गोपनीयतालाई सुरक्षित राख्न ठूलो चुनौती बनेको छ । एउटा सानो गल्तीले पनि ह्याकरहरूलाई ठगी गर्न पर्याप्त आधार दिन सक्छ । यस्तो अवस्थामा, पासवर्डप्रति लापरवाही गर्ने र कमजोर पासवर्ड प्रयोग गर्ने व्यक्तिहरूले विशेष सतर्कता अपनाउन आवश्यक छ ।  

    images
    images

    एक रिपोर्टमा दाबी गरिए अनुसार ब्रिच फोरममा करोडौं मानिसहरूको पासवर्ड अनलाइन लीक भएको छ । ओबामा केयर नामका फोरम प्रयोगकर्ताले रकयू २०२४ डट टिएक्स्टी नामक फाइल सेयर गरेका छन्, जसमा ९ अर्ब ९४ करोड ८५ लाख ७५ हजार ७३९ युनिक पासवर्डहरू रहेका छन् ।

    यदि यो कुरा सत्य हो भने यो इतिहासकै सबैभन्दा ठूलो पासवर्ड लीक हुनेछ । यस फाइलमा पुराना र नयाँ पासवर्डहरू समावेश छन् । याद गरौँ, तीन वर्षअघि रकयू २०२१ पासवर्ड डेटाबेसले ८.४ बिलियन प्लेन टेक्स्ट पासवर्डहरू उजागर गरेको थियो । 

    images
    images

    विशेषज्ञहरूले प्रयोगकर्ताहरूलाई यस प्रकारका पासवर्ड लीक धेरै जोखिमपूर्ण हुने भन्दै सचेत गराएका छन् । ह्याकरहरूले रकयू २०२४ को फाइदा उठाउँदै व्यक्तिगत जानकारीमा पहुँच पुर्‍याउन सक्ने छन् । ह्याकरहरूले सामाजिक सञ्जालदेखि अनलाइन बैंकिङसम्मको जानकारी चोर्न सक्ने सम्भावना छ । यसले विश्वभर डेटा उल्लंघन, वित्तीय ठगी र पहिचान चोरीका घटनाहरूको लहर सुरु गर्न सक्छ ।  

    पासवर्डलाई सुरक्षित कसरी राख्ने ?

    मजबुत र युनिक पासवर्ड प्रयोग गर्नुहोस्   

     सुरक्षा र गोपनीयता कायम राख्न प्रयोगकर्ताहरूले बलियो र युनिक पासवर्ड प्रयोग गर्नुपर्छ । पासवर्डमा सधैँ विशेष क्यारेक्टर र नम्बर समावेश गर्नुहोस् ।  

       
    पृथक पासवर्ड प्रयोग गर्नुहोस्  

    धेरै प्रयोगकर्ताहरू सबै ठाउँमा एउटै पासवर्ड राख्छन्, जुन सुरक्षा दृष्टिकोणले उचित छैन् । प्रत्येक खाता लागि अलग–अलग पासवर्ड प्रयोग गर्नुपर्छ ।   

    मल्टि–फ्याक्टर अथेण्टिकेशन

    एमएफएले पासवर्डबाहेक अन्य प्रकारका भेरिफिकेसन (जस्तै, टेक्स्ट मेसेज कोड वा बायोमेट्रिक स्क्यान) द्वारा सुरक्षालाई बलियो बनाउँछ ।  

    पासवर्ड म्यानेजर प्रयोग गर्नुहोस्

    यी उपकरणहरूले बलियो पासवर्ड सुरक्षित रूपमा जनरेट र भण्डारण गर्न मद्दत गर्छन् । यसले धेरै पासवर्ड स्टोर गर्न सजिलो बनाउँछ, जसले गर्दा पासवर्ड याद गर्न आवश्यक पर्दैन ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend