images

२०८३ आश्विन १८ गते

images
images
images
  • अटो
  • मारुती सुजुकीले ३० लाख युनिट कार...

मारुती सुजुकीले ३० लाख युनिट कार निर्यात

मारुती सुजुकीले ३० लाख युनिट कार निर्यात

images
images
बुधवार, मंसिर १२ २०८१
बुधवार, मंसिर १२ २०८१
  • काठमाडौँ । मारुती सुजुकीले ३० लाख युनिट कार निर्यात गरेको छ ।

    images
    images

     कम्पनीले हालै सेलेरियो, फ्रन्क्स, जिमनी, बलेनो, सियाज, डिजायर र एस–प्रेसो जस्ता मोडल समावेश एक हजार ५३ यूनिट कार निर्यात गरेको हो ।

    मारुती सुजुकीले सन् १९८६ देखि भारतमा उत्पादित गाडीहरू निर्यात गर्दै आएको छ । कम्पनीले पहिलो लट ५०० युनिट कार हंगेरीमा पठाएर निर्यात यात्रा सुरु गरेको थियो ।

    images
    images

    सन् २०१३ सम्ममा १० लाख युनिट कार निर्यात गरेको मारुती सुजुकीलाई अर्को १० लाख कार निर्यात गर्न ८ वर्ष लागेको थियो । २०२१ सम्म २० लाख कार निर्यात गरेको कम्पनीले त्यसपछिको ३ वर्ष ९ महिनामा अर्को १० लाख निर्यात गर्दै ३० लाख यूनिटको माइलस्टोन हाँसिल गरेको हो ।

    कम्पनीले अहिले विश्वका १०० भन्दा बढी देशमा १७ वटा मोडल निर्यात गर्दै आएको छ । मारुती सुजुकीको उत्पादन ल्याटिन अमेरिका, अफ्रिका, एशिया र मध्य पूर्वका देशहरूमा लोकप्रिय मानिन्छन् ।

    भारतबाट निर्यात हुने प्यासेन्जर कारमा ४० प्रतिशत हिस्सा ओगटेको कम्पनीले सन् २०३०–३१ सम्ममा वार्षिक ७ लाख ५० हजार युनिट पुगाउने लक्ष्य राखेको छ ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend