images

२०८३ आश्विन १६ गते

images
images
images

मध्यपहाडी लोकमार्गः बागलुङ खण्ड कालोपत्र गरिँदै

मध्यपहाडी लोकमार्गः बागलुङ खण्ड कालोपत्र गरिँदै

images
images
बुधवार, मंसिर १२ २०८१
बुधवार, मंसिर १२ २०८१
  • बागलुङ, मंसिर १२ । राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गको बागलुङ खण्डको १३ किलोमिटर सडकमा कालोपत्र गरिएको छ । हाल सम्म १० किलोमिटर ‘पिच’ भएको छ । अछेते बजार देखि बिहुँ–बयलडाँडा खण्डमा ग्राभेलको काम जारी छ ।

    images
    images

    लोकमार्गअन्तर्गत बागलुङ खण्डमा एक सय ४२ किलोमिटर पर्छ । सदरमुकाम बागलुङ बजार बाहेक अन्य स्थानमा चार वर्ष अघिनै कालोपत्र भएको हो ।

    यसैगरी, बिहुँ देखि घोडा बाँधे सम्मको १२ किलोमिटर खण्डको काम नयाँ निर्माण व्यवसायीलाई दिइएको छ । हाल सम्म उक्त खण्डमा ७७ प्रतिशत वित्तीय र ८० प्रतिशत भौतिक प्रगति भएको पर्वतस्थित मध्य पहाडी लोकमार्ग आयोजना कार्यालयकी इञ्जिनियर कल्पना मिश्रले बताइन् । रासस

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend