images

२०८३ आश्विन १९ गते

images
images
images
  • समाचार
  • धितोपत्र बोर्डका नवनियुक्त अध्यक्ष श्रेष्ठले लिए...

धितोपत्र बोर्डका नवनियुक्त अध्यक्ष श्रेष्ठले लिए पद तथा गोपनीयताको शपथ

धितोपत्र बोर्डका नवनियुक्त अध्यक्ष श्रेष्ठले लिए पद तथा गोपनीयताको शपथ

images
images
मंगलवार, मंसिर ११ २०८१
मंगलवार, मंसिर ११ २०८१
  • काठमाडौँ । नेपाल धितोपत्र बोर्डका नवनियुक्त अध्यक्ष सन्तोष नारायण श्रेष्ठले पद तथा गोपनीयताको शपथ लिएका छन् । मंगलबार अर्थ मन्त्रालयमा अर्थमन्त्री विष्णु पौडेलले उनलाई शपथ खुवाएका हुन् ।

    images
    images

    सोमबार बसेको मन्त्रिपरिषद् बैठकले श्रेष्ठलाई बोर्ड अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो । शपथ ग्रहण गर्दै श्रेष्ठले शेयर बजारका समस्याहरू समाधानका लागि आफू डटेर लाग्ने बताए । साथै चुनौतीहरू सामना गर्नुपर्ने अवस्था रहेकाले ती चुनौतीलाई अवसरका रूपमा लिने भनाइ उनले राखे ।

    श्रेष्ठ सँग स्वाभिमान लघुवित्त वित्तीय संस्थामा झन्डै ८ वर्ष अध्यक्षको जिम्मेवारी सम्हालेको अनुभव छ । उक्त संस्था तत्कालिन नेपाल एक्सप्रेस फाइनान्स कैलाश विकास बैंक हुँदै हाल प्राइममा मर्ज भए पछि  १० दश वर्ष अध्यक्षको जिम्मेवारी सम्हालेको अनुभव छ ।

    images
    images

    श्रेष्ठले नेपाल विद्युत प्राधिकरणको सञ्चालक समितिमा समेत तीन वर्ष सदस्य रहेर काम गरेका थिए ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend