images

२०८३ कार्तिक ३ गते

images
images
images
  • शेयर
  • नेप्से ३३.४१ अंकले बढ्यो, ७ अर्ब...

नेप्से ३३.४१ अंकले बढ्यो, ७ अर्ब ४४ करोडको कारोबार

नेप्से ३३.४१ अंकले बढ्यो, ७ अर्ब ४४ करोडको कारोबार

images
images
मंगलवार, मंसिर ११ २०८१
मंगलवार, मंसिर ११ २०८१
  • काठमाडौँ । साताको तेस्रो कारोबार दिन मंगलबार नेप्से परिसूचक ३३.४१ ले बढेर दुई हजार ७१६.६६ अंकमा बजार बन्द भएको छ ।

    images
    images

    यसदिन सेन्सेटिभ इन्डेक्स ४.५०, फ्लट इन्डेक्स २.३६ र सेन्सेटिभ फ्लट इन्डेक्स १.५४ अंकले बढेको छ । यस्तै १३ वटै उपसमूहको शेयर बढेको छ ।

    आज कारोबारमा आएका २४४ मध्ये २११ कम्पनीको शेयर बढेको छ भने ३२ कम्पनीको शेयर घटेकोमा एकको स्थिर छ । सपोर्ट माइक्रोफाइनान्स, युनाइटेड इडीआई मर्दी हाइड्रोपावर र कुथेरी बुखरी हाइड्रोपावरको शेयरमा सर्किट लागेको छ । थ्रिस्टार हाइड्रोमा भने नकारात्मक सर्किट लागेको छ ।

    images
    images

    यसदिन नेप्सेसँग कारोबार रकम पनि बढेको छ । सोमबार ६ अर्ब ३४ करोड ८० लाख रुपैयाँ बराबरको १ करोड २२ लाख ६३ हजार ७८० कित्ता शेयर कारोबार भएकोमा आज ७ अर्ब ४४ करोड ९८ लाख रुपैयाँ बराबरको १ करोड ४२ लाख ९२ हजार ७४२ कित्ता शेयर किनबेच भएको छ ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend