images

२०८३ कार्तिक ३ गते

images
images
images
  • शेयर
  • गार्डियन माइक्रो इन्स्योरेन्सले मंसिर १९ गतेदेखि...

गार्डियन माइक्रो इन्स्योरेन्सले मंसिर १९ गतेदेखि आईपीओ बिक्रीमा ल्याउने

गार्डियन माइक्रो इन्स्योरेन्सले मंसिर १९ गतेदेखि आईपीओ बिक्रीमा ल्याउने

images
images
मंगलवार, मंसिर ११ २०८१
मंगलवार, मंसिर ११ २०८१
  • काठमाडौं । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सले यही मंसिर १९ गतेदेखि साधारण शेयर (आईपीओ) निष्कासन तथा बिक्री खुला गर्ने भएको छ ।

    images
    images

    कम्पनीले जारी पुँजी ७५ करोड रुपैयाँको ३० प्रतिशत अर्थात् २२ करोड ५० लाख रुपैयाँ बराबरको २२ लाख ५० हजार कित्ता शेयर निष्कासन गर्न लागेको हो ।

    पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई आईपीओ बिक्री खुला गरिने कम्पनीले जनाएको छ । निष्कासन गरिने आईपीओमध्ये २ लाख २५ हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीलाई छुट्याइएको छ । यस आईपीओ प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्य तोकिएको छ ।

    images
    images

    कम्पनीका अनुसार ६७ हजार ५ सय कित्ता कम्पनीका कर्मचारीका छुट्याइएको छ भने १ लाख १२ हजार ५ सय कित्ता सामूहिक लगानी कोषका लागि रहेको छ । बाँकी रहेको १८ लाख ४५ हजार कित्ता सर्वसाधारणका लागि छुट्याएको कम्पनीले जनाएको छ ।

    यस आईपीओमा लगानीकर्ताहरूले न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्म आवेदन दिन सक्ने छन् । आईपीओ निष्कासन तथा बिक्री प्रबन्धक कुमारी क्यापिटल रहेको छ ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend