images

२०८३ कार्तिक ४ गते

images
images
images
  • शेयर
  • नेप्से १५.८३ अंकले बढ्यो,६ अर्ब ३४...

नेप्से १५.८३ अंकले बढ्यो,६ अर्ब ३४ करोडको कारोबार

नेप्से १५.८३ अंकले बढ्यो,६ अर्ब ३४ करोडको कारोबार

images
images
सोमवार, मंसिर १० २०८१
सोमवार, मंसिर १० २०८१
  • काठमाडौँ । साताको दोस्रो कारोबार दिन सोमबार नेप्से परिसूचक दोहोरो अंकले बढेको छ । यसदिन १५.८३ अंकले बढेर शेयर बजार दुई हजार ६८३.२४ बिन्दुमा बन्द भएको छ ।

    images
    images

    सोमबार सेन्सेटिभ इन्डेक्स १.८६, फ्लट इन्डेक्स ०.९४ र सेन्सेटिभ फ्लट इन्डेक्स ०.५९ अंकले बढेको छ भने प्रोशधन तथा उत्पादन र म्युचुअल फण्डबाहेक सबै उपसमूहको शेयर बढेको छ ।

    आज कारोबारमा आएका २४५ मध्ये १६७ कम्पनीको शेयर बढेको छ । ६७ कम्पनीको शेयर घटेकोमा ९ वटाको भने स्थिर रहेको छ । बेस्ट फाइनान्स र सुपर म्यादी हाइड्रोको शेयर सर्वाधिक ९.९१ प्रतिशतले बढेकोमा कर्पोरेट डेभलपमेन्ट बैंकको ९.८५, स्वभािमान लघुवित्तको ९.७८ र सप्तकोशी डेभलपमेन्ट बैंकको ९.६७ प्रतिशतले शेयरमूल्य बढेको छ । 

    images
    images

    यस्तै न्यादी ग्रुप पावरको शेयरमा भने नकारात्मक सर्किट लागेको छ ।

    नेप्से परिसूचक बढे पनि यसदिन कारोबार रकम भने घटेको छ । आइतबार ७ अर्ब ७२ करोड ८८ लाख रुपैयाँ बराबरको १ करोड ५२ लाख ७० हजार १९७ कित्ता शेयर खरिदबिक्री भएकोमा आज  ६ अर्ब ३४ करोड ८० लाख रुपैयाँ बराबरको १ करोड २२ लाख ६३ हजार ७८० कित्ता शेयर कारोबार भएको छ ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend