images

२०८३ कार्तिक ४ गते

images
images
images
  • शेयर
  • पुस १० गतेदेखि परिपक्व हुदैं सानिमा...

पुस १० गतेदेखि परिपक्व हुदैं सानिमा ईक्विटी फण्ड

पुस १० गतेदेखि परिपक्व हुदैं सानिमा ईक्विटी फण्ड

images
images
सोमवार, मंसिर १० २०८१
सोमवार, मंसिर १० २०८१
  • काठमाडौं । सानिमा बैंक कोष प्रबद्र्धक तथा सानिमा क्यापिटल लिमिटेड योजना व्यवस्थापक रहेको सानिमा ईक्विटी फण्ड आगामी पुस १० गतेदेखि परिपक्व हुने भएको छ । योजना व्यवस्थापक सानिमा क्यापिटल लिमिटेडले योजना परिपक्व हुनुभन्दा एक महिना अघिनै धितोपत्र दोस्रो बजारमा सूचीकरण खारेजीका लागि निवेदन दिनुपर्ने व्यवस्था बमोजिम नेप्सेलाई जानकारी सहितको निवेदन पेश गरेको हो । 

    images
    images

    सात वर्षे अवधिको बन्दमुखी प्रकृतिको यस योजनाको १३ करोड इकाई दोस्रो बजारमा सूचीकृत रहेको छ । योजना परिपक्व भएसँगै खारेजी प्रकृयामा जाने भएकाले सूचीकरण समेत खारेज गर्नुपर्ने हुन्छ । यस योजना सञ्चालनका लागि प्रति इकाई १० रुपैयाँ अंकित मूल्यमा १३ करोड इकाई विक्री गरिएको थियो । नेपाल धितोपत्र बोर्डले यस योजना सञ्चालनका लागि योजना व्यवस्थापकलाई २०७४ साल कात्तिक २७ गते अनुमति दिएको थियो । 

    २०७४ साल पुस ११ गते योजना सञ्चालनका लागि विक्री गरिएको इकाई बाँडफाँट गरिएको थियो । कात्तिक मसान्तसम्मको वित्तीय विवरण सार्वजनिक गर्न बाँकी रहेको यस योजनाको असोज मसान्तसम्म १ अर्ब ५४ करोड रुपैयाँभन्दा बढी खुद सम्पत्ति रहेको छ । यस अवधिसम्म योजनाको प्रति इकाई खुद मूल्य ११ रुपैयाँ ८५ पैसा छ । असोज मसान्तसम्म योजना २३ करोड ४२ लाख रुपैयाँभन्दा बढी नाफामा रहेको देखिन्छ ।

    images
    images

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend