images

२०८३ कार्तिक ४ गते

images
images
images
  • शेयर
  • धितोपत्र बोर्डले पाँच महिनापछि दियो आईपीओ...

धितोपत्र बोर्डले पाँच महिनापछि दियो आईपीओ निष्कासन अनुमति

धितोपत्र बोर्डले पाँच महिनापछि दियो आईपीओ निष्कासन अनुमति

images
images
सोमवार, मंसिर १० २०८१
सोमवार, मंसिर १० २०८१
  • काठमाडौँ । झण्डै पाँच महिनापछि धितोपत्र बोर्डले आईपीओ निष्कासनको अनुमति दिएको छ । आइतबार बोर्डले गार्डियन लाइफ इन्स्योरेन्सको २२ करोड ५० लाख कित्ता शेयर निष्कासनका लागि अनुमतिपत्र प्रदान गरेको हो ।

    images
    images

    यसअघिका अध्यक्ष रमेश हमालले अघिल्लो वर्ष पुस १९ सम्म विभिन्न कम्पनीलाई आईपीओ निष्कासनको अनुमति दिएको थियो । हमालको अवकाशपछि आईपीओ निष्कासन प्रक्रिया रोकिँदै आएकोमा असारमा रिलायन्स स्पिनिङ मिललाई प्रिमियम मूल्यमा आईपीओ निष्कासनका लागि अनुमति दिइएको थियो ।

    तर, संसद्को सार्वजनिक लेखा समितिको निर्देशनसँगै सो आईपीओ निष्कासन रोकिएको छ । अहिले भने अंकित मूल्यमै निष्कासन गर्नेगरी स्वीकृति दिइएको हो ।

    images
    images

    अहिले धितोपत्र बोर्डको अध्यक्षका लागि तीनजनाको नाम सिफारिस भएको छ । १० महिनादेखि रोकिएको आईपीओ प्रक्रिया नयाँ अध्यक्ष आउने मुखमा अनुमति दिइएको हो ।

     

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend