images

२०८३ कार्तिक ४ गते

images
images
images
  • शेयर
  • सेयर बजारमा गैरआवासीय नेपालीलाई लगानी गर्ने...

सेयर बजारमा गैरआवासीय नेपालीलाई लगानी गर्ने बाटो खुल्यो

सेयर बजारमा गैरआवासीय नेपालीलाई लगानी गर्ने बाटो खुल्यो

images
images
शुक्रवार, मंसिर ७ २०८१
शुक्रवार, मंसिर ७ २०८१
  • काठमाडौँ । शेयर बजारमा गैरआवासीय नेपालीलाई लगानी गर्ने बाटो खुला भएको छ । नेपाल धितोपत्र बोर्डले धितोपत्र निष्कासन तथा बाँडफाँड (आठौँ संशोधन) निर्देशिका, २०८१ मार्फत यस्तो व्यवस्था खुला गरेको हो । 

    images
    images

    बोर्डले शुक्रवार जारी गरेको निर्देशिकामा संयुक्त लगानीको इन्भेस्टमेन्ट कम्पनी स्थापना गरेर गैर आवासीय नेपालीले शेयर बजारमा लगानी गर्न सक्ने व्यवस्था गरेको हो । यसरी स्थापना हुने कम्पनीमा गैर आवासीय लगानीकर्ताले कम्तीमा १० देखि बढीमा ४९ प्रतिशतसम्म गैर आवासीय नेपालीका लागि शेयर निष्कासन गर्न सक्ने व्यवस्था गरिएको छ ।

    यसरी गैरआवासीय नेपाली सहितको इन्भेस्टमेन्ट कम्पनीको शेयर निष्कासन गर्नुअघि शेयर बोर्डमा दर्ता गर्नुपर्ने व्यवस्था गरिएको छ । बोर्डको स्वीकृतिपछि कम्तीमा चार दिनदेखि बढीमा १५ दिनसम्मका लागि गैर आवासीय नेपालीका लागि आईपीओ खुलाउन सकिने व्यवस्था गरिएको छ ।

    images
    images

    यसरी आईपीओमार्फत् खरिदबिक्री हुने शेयर कम्तीमा एक हजार कित्ता कारोबार हुनुपर्ने, गैर आवासीय नेपालीबिच मात्रै कारोबार हुनसक्ने, आईपीओ पाएको एक वर्षसम्म खरिदबिक्री गर्न नपाइने व्यवस्था गरिएको छ । हकप्रद शेयरको हक हस्तान्तरण समेत गैर आवासीय नेपालीका बीचमा मात्रै गर्न सक्ने व्यवस्था गरिएको छ ।यसरी निष्कासन हुने शेयरमा धितोपत्रको प्रत्याभूतिकर्ता नियुक्त गर्नुपर्ने छैन । यो निर्देशिकाले यसअघि गैर आवासीय नेपालीले लगानी गर्न सक्नेगरी ल्याइएका विभिन्न कानुन अनुसार भइरहेका काममा भने असर नगर्ने निर्देशिकामा उल्लेख गरिएको छ । 

    नेपाल धितोपत्र बोर्डका कार्यकारी निर्देशक नवराज अधिकारीले नेपाली नागरिकता परित्याग गरी विदेशी नागरिकता पाएका नेपालीलाई पुँजी बजारमा आकर्षित गर्न निर्देशिका संशोधन गरेर लगानी खुला गरिएको उल्लेख गरे । यसले  त्यसरी सङ्कलित पुँजी नेपालमा परिचालन गर्न सहयोग पुग्ने उनको भनाइ छ । 

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend