images

२०८३ कार्तिक ४ गते

images
images
images
  • शेयर
  • ३१.३१ अंकले घट्यो सेयर बजार,सवा ८...

३१.३१ अंकले घट्यो सेयर बजार,सवा ८ अर्बको कारोबार

३१.३१ अंकले घट्यो सेयर बजार,सवा ८ अर्बको कारोबार

images
images
बिहिवार, मंसिर ६ २०८१
बिहिवार, मंसिर ६ २०८१
  • काठमाडौं । साताको कारोबारको अन्तिम दिन बिहीबार सेयर बजार ओरालो लागेर बन्द भएको छ । यस दिन नेप्से ३१.३१ अंकले घटेर परिसुचक २६८० अंकमा घटेको हो ।

    images
    images

    आज १ करोड ८४ लाख कित्ता सेयर किनबेच हुँदा ८ अर्ब २५ करोडको कारोबार भयो ।

    कारोबारमा आएका १९७ कम्पनि राताम्मे भएका छन् भने ४३ कम्पनिको सेयर मूल्य बढेको छ । यस्तै ४ कम्पनिको सेयर मूल्य स्थिर रहेको छ ।

    images
    images

    फाइनान्स समूहको सूचक सबैभन्दा धेरै २.८६ प्रतिशत घट्यो । बैंकिङ ०.९०, विकास बैंक १.४७, होटल तथा पर्यटन १.७३, हाइड्रोपावर ०.९०, लगानी ०.९०, जीवन बीमा १.३६, उत्पादन १.५४, माइक्रोफाइनान्स ०.६८, निर्जीवन बीमा १.१६, अन्य १.६७ र व्यापार समूह ०.९८ प्रतिशत घटे । जानाकी फाइनान्सको मूल्य १० प्रतिशत घट्यो ।

    कारोबारका आधारमा आज नेपाल फाइनान्सले सर्वाधिक २५ करोडको कारोबार भयो । यस दिन सामूदायीक लघुबित्त र थ्रि स्टार हाइड्रोको सेयर मूल्य १० प्रतिशतले बढ्यो ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend