images

२०८३ आश्विन १७ गते

images
images
images

रिलायन्स स्पिनिङ मिल्सको नाफा ८ करोड ६७ लाख ७९ हजार

रिलायन्स स्पिनिङ मिल्सको नाफा ८ करोड ६७ लाख ७९ हजार

images
images
बिहिवार, मंसिर ६ २०८१
बिहिवार, मंसिर ६ २०८१
  • काठमाडौं । रिलायन्स स्पिनिङ मिल्स लिमिटेडको नाफा साढे ८ करोड नाघेको छ।

    images
    images

    कम्पनीले सार्वजनिक गरेको वित्तिय विवरणअनुसार चालु आर्थिक वर्षको पहिलो त्रैमासमा कम्पनीको नाफा ३ करोड ६३ लाख रूपैयाँले बढेर ८ करोड ६७ लाख ७९ हजार रूपैयाँ पुगेको छ।

    गत असार मसान्तमा कम्पनीले ५ करोड ३ लाख ८३ हजार नाफा कमाएको थियो।

    images
    images

    चालु आर्थिक वर्षको पहिलो त्रैमासमा साउनको पहिलो साता बाहेक उद्योगमा निरन्तर विद्युत आपूर्ति भएकोले अन्य इन्धन खर्च जोगिएको छ।

    यही कारण समेत कम्पनी नाफामा जान सहयोग पुगेको उद्योग प्रतिनिधि बताउँछन्।

    समीक्षा अवधिमा कम्पनीले २ अर्ब ३४ करोड ५८ लाख रूपैयाँ सञ्चालन आम्दानी गरेको छ।

    त्यस्तै कम्पनीले असोज मसान्तसम्म २८ करोड ९४ लाख रूपैयाँ कुल नाफा कमाएको छ।

    कम्पनीको अन्य आम्दानी १ करोड १३ लाख ५५ हजार रूपैयाँ र सञ्चालन मुनाफा २० करोड ३१ लाख ३० हजार रूपैयाँ र वित्तीय खर्च १० करोड ४३ लाख ७४ हजार रूपैयाँ रहेको छ।

    १ अर्ब ७० करोड ७३ लाख ४० हजार रूपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको अन्य इक्विटीमा ५ अर्ब ४३ करोड २४ लाख ७५ हजार रूपैयाँ छ।

    गतवर्ष २.९७ रहेको कम्पनीको प्रतिसेयर आम्दानी बढेर १९.९५ रूपैयाँ पुगेको छ।

    आइपिओ जारी गर्न लागेको कम्पनीको वित्तिय अवस्था नकरात्मक आएपछि चौतफी आलोचना भएको थियो। 

    यता कम्पनीले भने विद्युत प्राधिकरणले पटक–पटक विद्युत कटौती गर्दा कम्पनी घाटामा पुगेको बताएको थियो। तथ्यांकअनुसार यस वर्षको वित्तिय विवरणमा सुधार देखिएको छ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend