images

२०८३ कार्तिक ४ गते

images
images
images
  • शेयर
  • चार माइक्रोइन्स्योरेन्सले ९० लाख कित्ता आईपीओ...

चार माइक्रोइन्स्योरेन्सले ९० लाख कित्ता आईपीओ निष्कासन गर्न दिए निवेदन

चार माइक्रोइन्स्योरेन्सले ९० लाख कित्ता आईपीओ निष्कासन गर्न दिए निवेदन

images
images
बिहिवार, मंसिर ६ २०८१
बिहिवार, मंसिर ६ २०८१
  • काठमाडौं । चार लघुबिमा कम्पनीले आईपीओ निष्कासनका निम्ति निवेदन दिएका छन् । नेपाल धितोपत्र बोर्डमा यसरी निवेदन दिनेमा दुई जीवन र दुई निर्जीवन लघुबिमा छन् । यी चारसहित सात कम्पनीले दुई वर्षअघि नेपाल बिमा प्राधिकरणबाट लघुबिमाको व्यवसाय गर्न अनुमति पाएका थिए ।

    images
    images

    बोर्डका अनुसार, गार्डिन माइक्रोलाइफ, क्रेस्ट माइक्रोलाइफ, नेपाल माइक्रोइन्स्योरेन्स र प्रोटेक्टिभ माइक्रोइन्स्योरेन्सले ९० करोड रुपैयाँबराबरको ९० लाख कित्ता आईपीओ निष्कासन गर्न अनुमति मागेका हुन् ।

    गार्डियन माइक्रोलाइफले गएको साउन २४ गते आईपीओ निष्कासनका निम्ति बोर्डमा निवेदन दिएको थियो । क्रेस्ट माइक्रोलाइफले भदौ २० गते निवेदन दिएको हो ।

    images
    images

    नेपाल माइक्रोइन्स्योरेन्सले भदौ २४ र प्रोटेक्टिभ माइक्रोइन्स्योरेन्सले असोज २० गते आवेदन दिएका थिए ।

    यी चारै कम्पनीले आफ्नो चुक्ता पुँजीको ३० प्रतिशत आईपीओ निष्कासन गर्न बोर्डको अनुमति मागेका छन् । बिमा प्राधिकरणले माइक्रोलाइफ तथा माइक्रो ननलाइफ इन्स्योरेन्सको चुक्तापुँजी ७५ करोड रुपैयाँ तोकेको छ ।

    यी चार कम्पनीले सञ्चालनमा आएको दुई वर्षमा नै आईपीओको प्रक्रिया अगाडि बढाएका हुन् । यीबाहेक लिबर्टी माइक्रोलाइफ, स्टार माइक्रोइन्स्योरेन्स र ट्रस्ट माइक्रोइन्योरेन्सले दुई वर्षअघि प्राधिकरणबाट कारोबार अनुमति पाएका थिए ।

    गार्डियन माइक्रोलाइफको केन्द्रीय कार्यालय मोरङको विराटनगरमा छ । क्रेस्ट माइक्रोलाइफको मुख्य कार्यालय सुर्खेतको वीरेन्द्रनगरमा छ । नेपाल माइक्रोइन्स्योरेन्सको केन्द्रीय कार्यालय चितवनको भरतपुरमा छ । प्रोटेक्टिभ माइक्रोइन्स्योरेन्सको मुख्य कार्यालय कैलालीको धनगढीमा छ ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend