images

२०८३ आश्विन १९ गते

images
images
images
  • प्रविधि
  • मोबाइल बैंकिङ प्रयोगकर्ताको सङ्ख्या ३ लाखले...

मोबाइल बैंकिङ प्रयोगकर्ताको सङ्ख्या ३ लाखले बढ्यो

मोबाइल बैंकिङ प्रयोगकर्ताको सङ्ख्या ३ लाखले बढ्यो

images
images
बिहिवार, मंसिर ६ २०८१
बिहिवार, मंसिर ६ २०८१
  • काठमाडौँ-एक महिनामा करिब ३ लाख मोबाइल बैंकिङका प्रयोगकर्ता बढेका छन् । नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार गत असोजसम्म मोबाइल बैंकिङका प्रयोगकर्ताको संख्या २ करोड ५५ लाख २४ हजार १८९ पुगेको छ ।

    images
    images

    भदौ महिनासम्म यो संख्या २ करोड ५२ लाख ७ हजार १२२ थियो ।  यही अवधिमा इन्टरनेट बैंकिङका प्रयोगकर्ता भने ३९ हजारले बढेका छन् । गएको भदौसम्म इन्टरनेट बैंकिङका प्रयोगकर्ता १९ लाख ८६ हजार ८१७ थिए ।

    असोजमा त्यो संख्या २० लाख २६ हजार ५२४ पुगेको छ ।  त्यसै गरी असोजसम्म डेबिट कार्ड बोक्नेको संख्या १ करोड ३१ लाख ६१ हजार ४५९ छ । क्रेडिट कार्डका प्रयोगकर्ताको संख्या भने २ लाख ९६ हजार ८६४ छ । 

    images
    images

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend