images

२०८३ आश्विन २० गते

images
images
images
  • विमा
  • क्रेस्ट माइक्रो लाईफ इन्स्योरेन्सको नयाँ बीमालेख...

क्रेस्ट माइक्रो लाईफ इन्स्योरेन्सको नयाँ बीमालेख योजना

क्रेस्ट माइक्रो लाईफ इन्स्योरेन्सको नयाँ बीमालेख योजना

images
images
बुधवार, मंसिर ५ २०८१
बुधवार, मंसिर ५ २०८१
  • काठमाडौं, ५ मंसिर । क्रेस्ट माइक्रो लाईफ इन्स्योरेन्सले विविध इच्छा, चाहना सम्वोधन हुने गरी समृद्धी अग्रिम भुक्तानी लघु जीवन बीमा योजना बुधवार सार्वजनिक गरेको छ । कम्पनीले लक्षित बर्ग, नेपाल राज्यका गरिव, न्यून आय भएका वर्ग, पिछडिएको क्षेत्रका बासिन्दा तथा सीमान्तीकृत समुदायका विविध इच्छा, चाहनालाई सम्वोधन गरी बीमाको पहुँच विस्तार गर्ने उद्देश्यले उक्त नयाँ योजना ल्याएको हो ।

    images
    images

    कम्पनीका अनुसार समृद्धी अग्रिम भुक्तानी लघु जीवन बीमा योजनामा, बीमा गरे पश्चात नियमित ५।५ बर्षको अन्तरालमा बीमांक रकमको निश्चित प्रतिशत रकम अग्रिम रुपमा फिर्ता हुँदै जाँने र बीमा अवधि समाप्तीमा बाँकी बीमांक रकम र सुनिश्चित थप रकम समेत प्रदान हुनेछ । नियमित अन्तरालमा प्राप्त हुने रकमले व्यक्तिको जीवनकालमा आई पर्ने पढाई खर्च, विवाह, वर्तमन जस्ता धार्मिक, साँस्कृतिक कार्य तथा व्यवसाय सञ्चालन जस्ता विविध कार्यमा आर्थिक सहायता प्रदान गर्ने देखिन्छ ।

    यस बीमा योजनामा बीमांक रकम न्यूनतम ५० हजार देखि अधिकतम ५ लाख सम्म रहेको कम्पनीले जनाएको छ । बीमितको प्रवेश उमेर न्यूनतम १८ बर्ष देखि अधिकतम ५० बर्ष सम्म रहेको छ भने अधिकतम बीमा समाप्ति उमेर ७० बर्ष रहेको जनाएको छ । त्यसैगरी यो योजनामा बीमा अवधिको १५।२०।२५ वर्ष रहेको छ । बीमा शुल्क भुक्तानी तरिका वार्षिक, अर्धवार्षिक र त्रैमासिक भुक्तानी गर्न सक्ने कम्पनीले जनाएको छ ।

    images
    images

    कम्पनीका अनुसार अग्रिम रकम फिर्ता, न्यून बीमा शुल्क, सर्बोत्तम बचत, भरपर्दो लगानी, आयकरमा छुट, आश्रितहरुका लागि भलाई, वृद्धा वस्थाको सहारा, बालबच्चाको सुनिश्चित भविष्य, बीमा गर्दा नै भविष्यमा प्राप्त हुने रकमको सुनिश्चितता जस्ता विशेषता युक्त यस योजनाले दुर दराज सम्म बीमा साक्षरता अभिबृद्धिमा अहम भुमिका खेल्ने देखिन्छ ।

    बीमाशुल्क बापत न्यून रकम बुझाई बीमालेख खरिद गर्दाको समयमा नै जीवनको सुरक्षणको सुनिश्चितता हुने जनाएको छ । बीमांकको निश्चित रकम फिर्ता हुँदै गएपनि पूर्ण बीमांक बराबरको जीवनको सुरक्षण कायम नै रहने, अधिकतम् परिपक्व भुक्तानी, मृत्यु सुविधा, दुर्घटनाको कारण मृत्यु भएमा थप १०० प्रतिशत बीमांक रकम, दुर्घटनाका कारण अंगभंग भएमा बीमांकको १०० प्रतिशत सम्म अंगभंग सुविधा, दुर्घटनाको कारण अशक्तता भएमा बीमा शुल्क छुट सुविधाको सुनिश्चितता हुने जनाएको छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend