images

२०८३ आश्विन १६ गते

images
images
images

सुक्खा बन्दरगाहबाट पहिलो चार महिनामा १६ अर्ब ५५ करोड २६ लाख ९९ हजार राजस्व सङ्कलन

सुक्खा बन्दरगाहबाट पहिलो चार महिनामा १६ अर्ब ५५ करोड २६ लाख ९९ हजार राजस्व सङ्कलन

images
images
सोमवार, मंसिर ३ २०८१
सोमवार, मंसिर ३ २०८१
  • काठमाडौं । वीरगन्जको सिर्सियास्थित सुक्खा बन्दरगाह भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो चार महिनामा १६ अर्ब ५५ करोड २६ लाख ९९ हजार रुपियाँ राजस्व सङ्कलन गरेको छ । वीरगन्जको सिर्सिया स्थित सुक्खा बन्दरगाह भन्सार कार्यालयले चालु आवको साउनदेखि कात्तिक सम्म उक्त राजस्व सङ्कलन गरेको हो ।

    images
    images

    सुक्खा बन्दरगाह भन्सार कार्यालयको तथ्याङ्कका आधारमा भन्सार कार्यालयले चालु आवको साउनमा तीन अर्ब ७५ करोड २२ लाख ११ हजार रुपियाँ, भदौमा चार अर्ब ६४ करोड ३० लाख २७ हजार रुपियाँ, असोजमा चार अर्ब ३६ करोड ४५ लाख २५ हजार रुपियाँ र कात्तिकमा तीन अर्ब ७९ करोड २९ लाख ३६ हजार रुपियाँ राजस्व सङ्कलन गरेको छ ।

    भन्सार विभागले दिएको १९ अर्ब ५८ करोड ९७ लाख ८२ हजार रुपियाँ राजस्व सङ्कलनको लक्ष्यमा कार्यालयले तीन अर्ब तीन करोड ७० लाख ८३ हजार रुपियाँ कम राजस्व असुली गरी १६ अर्ब ५५ करोड २६ लाख ९९ हजार रुपियाँ राजस्व सङ्कलन गरेको हो ।

    images
    images

    गत आव २०८०/८१ को पहिलो चार महिनामा कार्यालयले १६ अर्ब ७५ करोड ३१ लाख ५५ हजार रुपियाँ राजस्व सङ्कलन गरेको थियो । उक्त आवको पहिलो चार महिनामा सङ्कलित राजस्वभन्दा २० करोड चार लाख ५६ हजार रुपियाँ कम राजस्व चालु आवको पहिलो चार महिनामा सङ्कलन भएको हो ।

    सुक्खा बन्दरगाह भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत धनबहादुर बरुवालले विदेशी मुलुकबाट वस्तु तथा सामान आयात घट्दा राजस्व सङ्कलनमा कमी आएको बताउनुभयो । उहाँले चाडपर्वको समयमा धेरै बिदा भएकाले पनि पछिल्ला महिनामा विदेशबाट वस्तु तथा सामानको आयात घटेकाले राजस्व सङ्कलन पनि घटेको बताउनुभयो । सुक्खा बन्दरगाह भन्सार कार्यालयले चार महिनाको अवधिमा कुल वार्षिक लक्ष्य ६० अर्ब चार करोड ८७ लाख ९७ हजार रुपियाँको २७.५७ प्रतिशत राजस्व सङ्कलन गरेको हो ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend