images

२०८३ आश्विन १६ गते

images
images
images

रसुवागढी हाइड्रोपावरको वित्तीय विवरण सार्वजनिक

रसुवागढी हाइड्रोपावरको वित्तीय विवरण सार्वजनिक

images
images
आइतवार, मंसिर २ २०८१
आइतवार, मंसिर २ २०८१
  • काठमाडौँ - रसुवागढी हाइड्रोपावरले चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण प्रकाशित गरेको छ ।

    images
    images

    कम्पनी पहिलो त्रैमासमा १ करोड ४ लाख ४९ हजार रुपैयाँ नोक्सानमा रहेको छ । गत वर्ष यसै त्रैमासमा कम्पनी १ करोड ५३ लाख रुपैयाँ नोक्सानमा रहेको थियो ।

    असोजसम्ममा रसुवागढी ८५ लाख ४० हजार रुपैयाँ सञ्चालन घाटामा रहेको छ । गत वर्ष पनि कम्पनी ९८ लाख २६ हजार रुपैयाँ सञ्चालन घाटामा रहेको थियो । कम्पनीको प्रतिसेयर आम्दानी ६ पैसा ऋणात्मक छ । गत वर्ष यसको प्रतिसेयर आम्दानी ९० पैसा ऋणात्मक थियो । 

    images
    images

    कम्पनीको प्रतिसेयर नेटवर्थ ९४ रुपैयाँ २७ रुपैयाँ छ ।  हाल यसको चुक्ता पुँजी ६ अर्ब ८४ करोड २१ लाख रुपैयाँ रहेको छ भने जगेडा कोष ३९ करोड २१ लाख रुपैयाँ ऋणात्मक रहेको छ ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend