images

२०८३ आश्विन २० गते

images
images
images

विकास खर्च पहिलो चौमासिकमा १० प्रतिशत मात्रै

विकास खर्च पहिलो चौमासिकमा १० प्रतिशत मात्रै

images
images
आइतवार, मंसिर २ २०८१
आइतवार, मंसिर २ २०८१
  • काठमाण्डौः चालू आर्थिक वर्ष २०८१।८२ को पहिलो चौमासिकमा विकास खर्च झन्डै १० प्रतिशत मात्रै भएको छ । चालू आर्थिक वर्षका लागि सरकारले कुल १८ खर्ब ६० अर्ब ३० करोड रुपैयाँ बराबरको बजेट ल्याएको थियो । कात्तिक मसान्त सम्ममा २२ दशमलव ३१ प्रतिशत अर्थात् चार खर्ब १५ अर्ब दुई करोड रुपैयाँ खर्च भएको छ ।

    images
    images

    चालूगत शीर्षकमा ११ खर्ब ४० अर्ब ६६ करोड ४५ लाख बजेट विनियोजन भएकोमा कात्तिक मसान्त सम्ममा दुई खर्ब ९२ अर्ब ५२ करोड ६७ लाख रुपैयाँ बराबर खर्च भएको छ । पुँजीगत शीर्षकका तीन खर्ब ५२ अर्ब ३५ करोड ४० लाख बराबर विनियोजन भएकामा नौ दशमलव आठ प्रतिशत अर्थात् ३४ अर्ब ५३ करोड १० लाख रुपैयाँ बराबर खर्च भएको छ ।

    वित्तीय व्यवस्था शीर्षकमा चालू आर्थिक वर्षका लागि तीन खर्ब ६७ अर्ब २८ करोड ४५ लाख बराबर विनियोजन भएकामा पहिलो चौमासिकमा ८९ अर्ब ९६ करोड २४ लाख रुपैयाँ बराबर खर्च भएको छ । कात्तिक मसान्त सम्मको राजस्व सङ्कलन वार्षिक लक्ष्यको २२ दशमलव ३६ प्रतिशत बराबर छ ।

    images
    images

    चालू आर्थिक वर्षका लागि सरकारले कुल १४ खर्ब ७१ अर्ब ६२ करोड ९५ लाख राजस्व सङ्कलन गर्ने लक्ष्य राखिएकामा अहिले सम्म तीन खर्ब २३ अर्ब २४ करोड रुपैयाँ रहेको छ ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend