काठमाडौं– नेपाल आयल निगमले मंसिर १ गते मध्यराति १२ बजेदेखि लागू हुने गरि पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ ।
निगमका प्रवक्ताद्वारा शुक्रवार राति जारी गरिएको प्रेस विज्ञप्तीमा उल्लेख गरिए अनुसार आज रातिदेखि लागू हुने गरी साविकको खुद्रा विक्री मूल्यमा डिजेल र मट्टितेलमा प्रति लिटर तीन रुपैयाले बढाइएको छ ।
विज्ञप्तीमा भनिएको छ– ‘इण्डियन आयल कर्पोरेशनबाट आज १५ नोभेम्बर २०२४ (कार्तिक ३०) मा प्राप्त पेट्रोलियम पदार्थको नयाँ खरिद मूलय अनुसार प्रति लिटर पेट्रोलमा ०.३२ रुपैयाँ तथा डिजेलमा २ रुपैयाँ ५४ पैसाले बढेर आएको छ ।’
‘निगम सञ्चालक समितिको मिति २०८१ कार्तिक ३० गतेको निर्णय अनुसार १६ नोभेम्बर, २०२४ (२०८१ मंसिर १ गते) बिहीवार ००ः०१ बजेदेखि लागू हुनेगरी साविकको खुद्रा विक्री मूल्यमा प्रति लिटर डिजेल÷मट्टितेलमा तीन रुपैयाँले बढाइएको छ ।’ यसअनुसार साविकको १५० रुपैयाँ प्रति लिटरको डिजेल र मट्टितेलको मूल्य अब प्रति लिटर १५३ रुपैयाँ पुगेको छ ।





.gif)





