काठमाडौँ । हिमालयन रि इन्स्योरेन्स लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ।
चालु आर्थिक वर्षको पहिलो ३ महिनामा कम्पनीले २२ करोड ६३ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २९.२२ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले १७ करोड ५२ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।
समीक्षा अवधिमा कम्पनीको खुद आर्जित बीमाशुल्क १०.९५ प्रतिशत, कुल आम्दानी २२.८० प्रतिशत, कुल दाबी भुक्तानी १३.७३ प्रतिशत र कुल खर्च १५.६० प्रतिशत बढेको छ। नाफा बढेपनि कम्पनीको प्रतिशेयर आम्दानी भने १ रुपैयाँ ३० पैसा घटेर ८ रुपैयाँ ७१ पैसामा सीमित भएको छ।
यस अवधिसम्ममा कम्पनीको मूल्य आम्दानी अनुपात १०३.५६ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १५९ रुपैयाँ १६ पैसा रहेको छ।




.gif)





